उद्योग वाणिज्य महासङ्घमा मतदान जारी

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २९, २०७९
|
|
४७ पटक हेरिएको
Shares
उद्योग वाणिज्य महासङ्घमा मतदान जारी

सारांश

  • काठमाडौँ ।
  • नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ ।
  • आज विहान ८ बजे मतदान शुरु भएको केही समयमै हल्ला भएपछि रोकिएको मतदान प्रक्रिया अहिले फेरि शुरु भएको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । आज विहान ८ बजे मतदान शुरु भएको केही समयमै हल्ला भएपछि रोकिएको मतदान प्रक्रिया अहिले फेरि शुरु भएको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए ।

“गैर मतदाता र बाहिरका व्यक्तिले हल्ला गरेपछि केहीबेर मतदान प्रक्रिया प्रभावित भएको थियो । अहिले शान्तिपूर्ण रुपमा चलिरहेको छ”, कर्णले भने । बिहान ८ बजे शुरु भएको निर्वाचन बेलुका ४ बजेसम्म चल्नेछ ।

निर्वाचनले आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहित कार्यकालका लागि नयाँ नेतृत्व चुँनिदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासङघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व सम्हाल्दै छन् भने वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ ।

संघई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहेका छन् ।

अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् साथै उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार रहेका छन् । एसोशिएटतर्फको उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानल र उमेशलाल श्रेष्ठ प्यानलबाट संयुक्त उम्मेदवारका रुपमा भरतराज आचार्य रहेका छन् ।

महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य रहन्छन् । जसका लागि कोशी प्रदेश सदस्यमा टङ्कप्रसाद दुलाल, नरेन्द्र कुमार खड्का र तारानाथ घिमिरेले उम्मेदवारी दिनुभएको छ । मधेश प्रदेश सदस्यका लागि विजय कुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारीपरेको छ । साथै बागमती प्रदेशबाट कृष्णप्रसाद अवाल र सबिन श्रेष्ठले उम्मेदवारी दिएका छन् भने गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जंगबहादुर मल्लको उम्मेदवारी छ ।

संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकालको उम्मेदवारी छ । उनीहरुमध्ये एकजना निर्वाचित हुनुहुनेछ । वस्तुगत संघतर्फको सदस्यमा २८ जनाको उम्मेदवारी परेकामा १४ जना निर्वाचित हुनेछन् । त्यस्तै जिल्ला नगर सङ्घ सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ । जसमा १८ जना निर्वाचित हुनेछन् । एशोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।

महासङ्घकाअनुसार जिल्ला नगर समूह र वस्तुगत सङ्घ समूहका लागि एउटा–एउटा मतदान केन्द्र तोकिएको छ भने एशोसिएटतर्फ तीनवटा मतदान केन्द्र तोकिएका छन् ।

जिल्ला नगर समूहका सबै पदका लागि रातो रङको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रङको मतपत्र र एशोसिएट समूहका सबै पदका लागि सेतो रङको मतपत्र बनाइएको छ । प्रदेश सदस्य र संस्थापक समूह सदस्य पदको मतपत्र पहेलो रङको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबार भगवानको शिवको नाममा व्रत बस्ने चलन कसरी सुरु भयो ?
सोमबार भगवानको शिवको नाममा व्रत बस्ने चलन कसरी सुरु भयो ?
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
‘लेमन टी’ को व्यापारबाट मनग्य आम्दानी गर्दै थापा
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
सन्दर्भ चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक
सन्दर्भ चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा विस्फोट हुदा १३ जनाको मृत्यु
सुन सहित भारतीय नागरीक पक्राउ
सुन सहित भारतीय नागरीक पक्राउ
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने
सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने
नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै

तपाईंले छुटाउनुभयो कि?