६ वर्ष बित्दा पनि आएन शव

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ४, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ४ मंसिर ।
  • झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन।
  • पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब जाएकी थिइन्।

काठमाडौँ, ४ मंसिर । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन। पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब जाएकी थिइन्। साउदी अरबमै २०६९ पुस ३० गते उनको मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताए।

त्यसबेला साउदी अरबकै अस्पतालमा काम गर्ने एक नेपालीले भद्रशीलाको शव पहिचान गरेर उनका छोरा नीरजलाई फोनमार्फत खबर दिएका थिए। ६ वर्षपछि यही मङ्सिर १ गते आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि शव बुझ्न काठमाडौँ पुगेका नीरज निराश भएर मंगलबार घर फर्किएका छन्। अन्तिम समयमा शव ल्याउने कार्य रद्द भएको खबर काठमाडौँको त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलायन्सको कार्यालयले जानकारी दिएको नीरजले बताए। ‘आमाको शव मङ्सिर ३ गते साँझ ८ बजे इत्तेहाद एयरलायन्समार्फत साउदी अरबबाट काठमाडौँ ल्याइने पूर्व निर्धारित कार्यक्रम थियो तर अन्तिम समयमा शव ल्याउने कार्य स्थगित भएको एयरलायन्सको काठमाडौँ कार्यालयले बतायो’, श्रेष्ठले भने।

एयरलायन्सले शव नआउनुको खास कारण भने थाहा नभएको जनाएको श्रेष्ठ बताउछन्। भद्रशीलाको ६ वर्षसम्म सास न लाशको अवस्थाले श्रेष्ठ परिवार चिन्तित छ। मृत्यु भएको खबर आएलगत्तै छोरा नीरजले विभिन्न सरकारी निकाय गुहारेर शव ल्याउन पहल गरेका थिए तर त्यसबेला कसैगरी शव आउन सकेन। मृतक भद्रशीलाका दुई छोरा नीरज र सरोज र एक छोरी निशा गरी तीन सन्तान छन्। नीरज गाउँमै सानो पसल चलाएर गुजारा चलाउँछन् भने सरोज वैदेशिक रोजगारीका लागि हालै कतार पुगेका छन्। भद्रशीला कुन मेनपावर कम्पनी वा एजेन्टमार्फत वैदेशिक रोजगारीमा गएकी हुन भन्नेसमेत छोराछोरीलाई जानकारी छैन।

घरेलु कामदारको रूपमा साउदीमा कार्यरत भद्रशीलाले शुरुमा रु २४ हजार नगद पठाएको र त्यसपश्चात् चार वर्षसम्म सम्पर्कविहीन भएको छोरा नीरजले बताए। लामो समय सम्पर्कविहीन रहेकै अवस्थामा भद्रशीलाको मृत्यु भई अस्पतालमा शव राखिएको भन्ने खबर आएको हो। श्रेष्ठ परिवारले शव ल्याउन पहल गरिदिन नेपाल सरकारसमक्ष आग्रह गरेका छन्। नीरजले परराष्ट्र मन्त्रालयमा समेत शव ल्याउने व्यवस्था मिलाइदिनका लागि निवेदन दिएको बताए। ‘हामी सानै थियौँ, बुबा बित्नु भएपछि नागरिकता र राहदानी सबै लिएर विदेश जानुभएको रहेछ’, शव नआएपछि निराश बनेका जेठा छोरा नीरज भन्छन्, ‘शव ल्याउन सरकारले नै पहल गरिदिन अनुरोध गर्दछु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि
बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज र मिस एवम मिस्टर शेर्पाको रक्तदान, १७७ जना सहभागि
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
संविधान दिबसःउदयपुरमा प्रभातफेरी सगै मनाईयो
संविधान दिबसःउदयपुरमा प्रभातफेरी सगै मनाईयो
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
अपहरणकारीले १ करोड २ लाख फिरौती रकम लिएर ९ वर्षे बालकको हत्या
अपहरणकारीले १ करोड २ लाख फिरौती रकम लिएर ९ वर्षे बालकको हत्या
भारतका राष्ट्रपति राजकीय भ्रमणमा नेपाल आउने
भारतका राष्ट्रपति राजकीय भ्रमणमा नेपाल आउने
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
‘ड्रिम वर्ल्ड एम्युजमेन्ट’ पार्क सञ्चालनमा
‘ड्रिम वर्ल्ड एम्युजमेन्ट’ पार्क सञ्चालनमा

तपाईंले छुटाउनुभयो कि?