इजरायली प्रधानमन्त्रीमा कोरोना संक्रमण नभएकाे पुष्टि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १८, २०७६
|
|
४३ पटक हेरिएको
Shares
इजरायली प्रधानमन्त्रीमा कोरोना संक्रमण नभएकाे पुष्टि

सारांश

  • तेलअभिभ।
  • इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् ।
  • तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने  भएका छन्।

तेलअभिभ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने  भएका छन्।

प्रधानमन्त्री नेतन्याहूका सल्लाहकार र उनका पतिलाई अघिल्लो दिन स्वास्थ्य परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

स्वास्थ्य परीक्षणको नतिजा प्राप्त भएसँगै देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायली जनतालाई एउटा उदाहरण प्रस्तुत गर्नकै लागि पनि आफू स्वेच्छिक क्वारेन्टाइनमा बस्न लागेको बताएका छन्।

ठट्यौली शैलीमा प्रधानमन्त्री नेतन्याहूले भनेका छन्, “क्यामेराम्यान साथीहरुले पनि छ मिटर टाढैबाट मेरो दैनिकीलाई पछ्याउनु भएको छ।”

इजरायली स्वास्थ्य मन्त्रालयले सोमबार देशभर संक्रमण पुष्टी भएका व्यक्तिको संख्या ४ हजार ६९५ पुगेको जनाएको छ। पछिल्लो एक दिनमा थप १०० जनामा संक्रमण देखिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तयारीविनै प्रदेशमा एआईजी पठाए गृहमन्त्रीले
तयारीविनै प्रदेशमा एआईजी पठाए गृहमन्त्रीले
पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
एकैपटक ४ किलो चामलको भात खाने यी युवती
एकैपटक ४ किलो चामलको भात खाने यी युवती
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
हिमालपारीको जिल्ला मनाङबाट उदायो वाम गठबन्धन
हिमालपारीको जिल्ला मनाङबाट उदायो वाम गठबन्धन
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी चल्ने
ओलीलाई पेलेरै जाने दाहाल–नेपालको तयारी, धुम्बाराहीमा आज ४ बजे भेला हुँदै
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने

तपाईंले छुटाउनुभयो कि?