दिगो उपभोग तथा उत्पादन प्रणालीमा जोड

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
दिगो उपभोग तथा उत्पादन प्रणालीमा जोड

सारांश

  • काठमाडौँ, ८ कात्तिक ।
  • समृद्ध नेपाल र सुखी नेपालीको सरकारी प्रतिबद्धतालाई पूरा गर्न दिगो उपयोग र उत्पादन प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
  • वन तथा वातावरण मन्त्रालय र युरोपेली सङ्घको स्वीच एशिया परियोजनाद्धारा आज यहाँ आयोजित बहुसरोकारवाला परामर्श कार्यशालाका सहभागी वक्ताले दिगो विकासले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नका लागि नेपालले पनि सोहि अनुरुपका कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

काठमाडौँ, ८ कात्तिक । समृद्ध नेपाल र सुखी नेपालीको सरकारी प्रतिबद्धतालाई पूरा गर्न दिगो उपयोग र उत्पादन प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । वन तथा वातावरण मन्त्रालय र युरोपेली सङ्घको स्वीच एशिया परियोजनाद्धारा आज यहाँ आयोजित बहुसरोकारवाला परामर्श कार्यशालाका सहभागी वक्ताले दिगो विकासले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नका लागि नेपालले पनि सोहि अनुरुपका कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा केपी ओलीले जनताको जीवनस्तरमा सुधार ल्याउन र वातावरणीय चुनौतीको सामना गर्न सरकार, निजी क्षेत्र र आम समुदायले वस्तुको दिगो उत्पादन र उपयोगमा ध्यान दिनुपर्छ भन्नुभयो ।

उत्पादन र उपयोगबीच सन्तुलन कायम नभएसम्म दिगो विकास असम्भव हुने भएकाले यसबारेमा जनचेतना अभिवृद्धि गर्नुपर्ने खाँचो पनि उहाँले औँल्याउनुभयो । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वातावरण नीति र १५ औँ पञ्चवर्षीय योजना तर्जुमा गर्दा तथा वन र जलवायु नीतिको परिमार्जन गरी प्राकृतिक स्रोतको दिगो उत्पादन र उपयोगका विषयलाई समावेश गरिने जानकारी दिनुभयो । नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडेले दिगो विकासका लक्ष्य हासिल गर्न नेपाललाई युरोपेली सङ्घको सहयोग रहने उल्लेख गर्दै यसका लागि सरकारसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई सामना गर्न अनुकूलन र न्यूनीकरणका कार्यक्रमको कार्यान्वयनमा कुनै पनि वस्तुको दिगो उत्पादन र उपयोगमा ध्यान दिनु आवश्यक रहेको बताउँदै सरकारले आफ्ना नीति कार्यक्रममा यस बिषयलाई एकीकृत रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यशालामा स्वीच एसिया एससिपी फेसिलिटीका टोली प्रमुख अरब होबल्लाह र दक्षिण एशिया विज्ञ पूजा सावनीले स्वीच एशिया परियोजनाबाट नेपाललगायत १९ वटा एशियाली मुलुकमा दिगो उपयोग र उत्पादनका परियोजनाहरु सञ्चालन गरी दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…
प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
एमसीसीमा सहयोग गर्नेलाई धन्यवाद दिदै सरकारले सुनायो मन्त्रिपरिषद बैठकको निर्णय
पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता
पार्टीमा अनुशासन खस्कँदै गएकामा अध्यक्ष दाहालको चिन्ता
भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार
भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार
पर्यटन विकास गर्न चन्द्रागिरिमा साइकल र्याली
पर्यटन विकास गर्न चन्द्रागिरिमा साइकल र्याली
काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण
काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण
एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो
एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो
चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ
चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ
सप्तरीको स्थानीय तहका कार्यालयमा मोर्चाद्धारा तालाबन्दी
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ‘छाल’ आजदेखि बजारमा…
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ‘छाल’ आजदेखि बजारमा…