देश र श्रीपेच जोगाउन राजावादी युवाहरुद्वारा हतियार उठाउने चेतावनी !
सारांश
- काठमाडौ, १३ जेठ ।
- पछिल्लो समय वीर गोर्खाली नामक एउटा अभियान ‘देश र श्रीपेचको रक्षाको निमित्त ‘भन्दै एकाएक सामाजिक संजालमा भाइरल भएको छ।
- तर त्यो सामाजिक संजालमा मात्रै सिमित नभएर उक्त अभियानले शनिबार काठमाडौ जिल्ला भेलाको रूपमा परिणत भर्इ कार्यक्रम गरेकाे छ ।
काठमाडौ, १३ जेठ । पछिल्लो समय वीर गोर्खाली नामक एउटा अभियान ‘देश र श्रीपेचको रक्षाको निमित्त ‘भन्दै एकाएक सामाजिक संजालमा भाइरल भएको छ।
तर त्यो सामाजिक संजालमा मात्रै सिमित नभएर उक्त अभियानले शनिबार काठमाडौ जिल्ला भेलाको रूपमा परिणत भर्इ कार्यक्रम गरेकाे छ ।
उक्त भेलामा अधिकांश बक्ताहरुले हिन्दु अधिराज्य र राजसंस्था पुनर्बहालीको निमित्त सशस्त्र क्रान्तिको विकल्प नभएको भन्दै अब वीर गोर्खालीले उक्त क्रान्तिको नेतृत्व गर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा बोल्दै वीर गोर्खालीका अभियन्ता नगेन्द्र देउजाले दलिय स्वार्थ भन्दा माथी उठेर बेचिएको पहिचान लाई पुनर्स्थापना गर्नको निमित्त टाउकोमा कफन र हातमा हतियार बोकेर रास्ट्रघाती दलालहरुको विरुद्धमा लड्नको निमित्त आव्हान गरेका थिए ।
यसैगरी बरिसठ अधिवक्ता बिष्णु भट्टराईले बिगतमा माओवादीले बन्दुकले बोकेको बिचार अहिले एमाले सङ्गको पार्टी एकताले छर्लङ्ग बनाएको भन्दै अब बन्दुकले बोकेको बिचार होइन बिचारले बन्दुक बोक्नुपर्ने बताए। कार्यक्रममा अर्का अभियन्ता सुदिप ढकालले अब पनि राजा र धर्मको नाममा खुलेका संघ संगठनले समान बैचारिक अवधारणा बोकेका ब्यक्ति वा संस्थाको बिरोध गरेर बैचारिक गन्तव्यमा पुग्न नसकिने बताउदै वीर गोर्खाली अभियान लाई एकीकृत आन्दोलनको रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।
उक्त कार्यक्रम संचालन सिर्जना वाग्ले ले गरेकी थिइन भने कार्यक्रममा करिब २ दर्जन वक्ता हरुले आफ्नो धारणा राखेका थिए ।
पहिलाे पटक गरिएकाे उक्कत कार्यक्रममा करिब ३०० जना युवाहरूको सहभागिता रहेको थियाे ।
Tanka Giri
राजावादी युवा भनेको ७० बर्ष देखि माथिकालाइ भनिन्छ हो?
Sargam Aryal
Kuro thik ho . tra hune ho ki hoina
Avinaya Shrestha
Best of luck
सौरभ राजावादी
अब चाहिँ गोर्खाली जागे जस्तो छ है ?
Buddhipd Rai
हामी विद्यार्थी हुंदा नारा लगाउथ्यौं:-
मूर्ती चोर देश छोड-3
पञ्चे चोर जनताको गुहू सोहोर्रर्ररर-3
पुन: त्यै नारा लगाउन मन लागी रा छ,
मूर्ती चोर देश छोड-3
हण्डी खाएर बहुलाउन पाइन्न-3
यादब राजगुरु सल्यानि
बेकार मा अली अली भाको दीमाखलाई कीन खेरफाल्छौ मीत्र राजा ल्याउँछौं भन्नू र मरेको मान्छे बीऊतनू उस्तै कूरो हो बूझ मनूश्य
Rarahang Kulman
impossible
Ganesh Shakya
लौ गरम गरम ।
Ganesh Bhandari
Des jogaun parxa Nepali vaer bachna
Bigyan Bastakoti
Good
Bishnu Shrestha
कतै मंडलेको स्वाद जिब्रोले राल चुहाएकोत होइन ?
Thapachhabiraj Thapa
It is need full
Ram Rai
धम्की हाे ? हातमा दहि जमाएर बस्ने याे जमाना त हाेईन।
Krishna Khadka
uthanat chor daka ho
Krishna Khadka
raja chahine u yaklai hola j utha pani hunx
Chandika Dahal
आगो निभी सक्यो,भुंग्रो पनि खरानी भयो,खरानिको मन्द मन्द तातोमा पनि भात पाक्ला भन्ने आस अझै बाकीछ ! कठै !!!
Kumar Stha
Beroj gar dherai vaya Nepal ma k garun ta aru
Danb Gm
उल्टो गति!बिज्ञान र प्रकृति,चेतनाले के भन्छ?
Kumar Saru
अब माओबादी जस्तै हतियार उठाएर आउ गाउँ तिर गर्धन छिनाएर फालिन्छ भातेहरु अब जन्ता लाटो छैनन सबै मिलेर देश बिकास तिर लम्किने काम गर्ने गर स्वार्थको भारी हो
Dipak Bhitrakoti
ग्याने ले बिरेन्द राजाको पैसा बाढ्न लागेछ कि के हो भुसिया कुकुर ले हतियार उठाउछ्न रे नि त
Raj Pokharel
hatiyar uthayera ta hera libiyama ta rajalai mayra mareka thiye nepalma kundale mandale sabai ko ekai chihan hunxa ani balla arko juni ma paxutaunu