सुशिल कोइराला दिवंगत भएको २ वर्ष वित्दा पनि सदस्यतापत्रमा उनकै हस्ताक्षर
सारांश
- मन्त्रालयकै होस वा विभिन्न संघसंस्था वा पार्टीकै किन नहोस्, उनीहरुका कागजपत्रमा प्राय केही न केही त्रुटी भेटिएकै हुन्छ ।
- हालै नेपाली कांग्रेले जारी गरेको सदस्यतापत्रमा पनि त्यस्तै त्रुटि भेटिएको छ ।
- गत चैत १ गते जारी गरिएको उक्त सदस्यतापत्रमा दुई वर्ष अघि दिवंगत भएका पूर्व प्रधानमन्त्री तथा नेकाका पूर्व सभापति सुशिल कोइरालाकै हस्ताक्षर सभापतिको रुपमा छ ।
मन्त्रालयकै होस वा विभिन्न संघसंस्था वा पार्टीकै किन नहोस्, उनीहरुका कागजपत्रमा प्राय केही न केही त्रुटी भेटिएकै हुन्छ । हालै नेपाली कांग्रेले जारी गरेको सदस्यतापत्रमा पनि त्यस्तै त्रुटि भेटिएको छ । गत चैत १ गते जारी गरिएको उक्त सदस्यतापत्रमा दुई वर्ष अघि दिवंगत भएका पूर्व प्रधानमन्त्री तथा नेकाका पूर्व सभापति सुशिल कोइरालाकै हस्ताक्षर सभापतिको रुपमा छ ।
सुशिल कोइरालाको सभापतिको रुपमा हस्ताक्षर रहेको उक्त सदस्यतापत्र नेकाले कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं १ बस्ने ५० वर्षीय बालाजी प्रसाद चौधरीलाई सदस्य बनाउने क्रममा दिएको हो । कोइराला दिवंगत भएको २ वर्ष वितिसक्दा पनि नेकाले पुरानै सदस्यतापत्र चलाएको देख्दा भने अचम्म मान्नु पर्ने अवस्था छ ।
प्रतिक्रिया