पर्यटकीय क्षेत्रको पहिचान बनाउँदै धारागोला

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ४, २०७४
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • अर्जुनधारा, झापा, ४ पुस , बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
  • आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०७१ सालमा ‘धारागोला महोत्सव’ आयोजना गरिएको थियो ।
  • पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय युवा सक्रिय भएसँगै धारागोला पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

अर्जुनधारा, झापा, ४ पुस , बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०७१ सालमा ‘धारागोला महोत्सव’ आयोजना गरिएको थियो । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय युवा सक्रिय भएसँगै धारागोला पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

आदिवासी जनजातीको सघन बसोवास रहेको र मेची राजमार्ग नजिक रहेको धारागोलाबाट तराईको मनोरम दृश्य हेर्न सकिन्छ । हाल त्यहाँ पाँच तलाको भ्यूटावर निर्माण भइरहेको छ । भ्यूटावर निर्माण समितिका अध्यक्ष निरकुमार सुवेदीका अनुसार हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ ।

सो भ्यूटावर निर्माण गर्न आव २०७१÷७२ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् रु १२ लाख, आव २०७२÷७३ मा रु १८ लाख र आव २०७३÷७४ मा पर्यटन विकास बोर्डबाट रु १० लाख बजेट विनियोजन गरिएको थियो । चालु आवमा भ्यूटावरका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।

यहाँ दैनिक ५० देखि १०० जना आन्तरिक पर्यटक दृश्यवालोकन गर्नका लागि आउने गरेका छन् । साहित्यकार मुनाराज शेर्माको परिकल्पनाअनुसार आन्तरिक पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले २०७१ सालमा प्रथम धारागोला महोत्सवको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् पाल्पाको पछिल्लो अपडेट
हेर्नुहोस् पाल्पाको पछिल्लो अपडेट
टिमवर्कबाट कसरी निस्कियो ‘आइ लव यू’ गीत ?
टिमवर्कबाट कसरी निस्कियो ‘आइ लव यू’ गीत ?
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
माघ १४ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
माघ १४ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण
बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक
आज साउनको पहिलो सोमबारः पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड
आज साउनको पहिलो सोमबारः पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड
पार्टीका वरिष्ठ नेताहरुसँग केपी ओलीको छुट्टाछुट्टै भेटवार्ता
पार्टीका वरिष्ठ नेताहरुसँग केपी ओलीको छुट्टाछुट्टै भेटवार्ता
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने:सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने:सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्
नगरपालिकाका मेयरलाइ मारेर फाल्दिने धम्की !
नगरपालिकाका मेयरलाइ मारेर फाल्दिने धम्की !

तपाईंले छुटाउनुभयो कि?