त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच बजेदेखि बन्द !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
५५ पटक हेरिएको
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच बजेदेखि बन्द !

सारांश

  • काठमाडाै, २२ असार ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या आएपछि विमानस्थल बन्द भएको छ।
  • शुक्रबार विमानस्थलको धावनमार्गमा समस्या आएपछि पौने पाँच बजेदेखि बन्द भएको हो।

काठमाडाै, २२ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या आएपछि विमानस्थल बन्द भएको छ।

शुक्रबार विमानस्थलको धावनमार्गमा समस्या आएपछि पौने पाँच बजेदेखि बन्द भएको हो। विमानस्थल सञ्चालनका लागि केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले  बताए।

धावनमार्ग पुरानो भएकाले गर्दा चर्को घाम लागेको समयमा दलदल निस्केका कारण उडानमा समस्या भएको उनको भनाइ थियो। ‘चर्को घाम लाग्दा विमानस्थलको पीच पग्लेर दलदल देखिने समस्याका कारण बन्द गरिएको हो’, प्रवक्ता ठाकुरले भने।

विगत केही समयदेखि नै धावनमार्गमा यस प्रकारको समस्या देखिँदै आएकाले समस्या समाधानका लागि १०/१२ जना इन्जिनियर र अन्य कार्मचारीहरु खटाइएको उनले जानकारी दिए। धावनमार्ग पुरानो भएकोले गर्दा यो समस्या आएको उनको भनाइ थियाे।

विमानस्थल बन्द हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?