सिआइबीद्वारा १२५ पक्राउ, ४३ मुद्दा दर्ता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
४१ पटक हेरिएको
Shares
सिआइबीद्वारा १२५ पक्राउ, ४३ मुद्दा दर्ता

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।
  • उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

विभिन्न कसुरमध्ये सबैभन्दा बढी ठगीको देखिएको उनले बताए । सिआइबीका अनुसार ठगीमा ७५ जना पक्राउ गरी उनीहरूविरुद्ध २६ वटा मुद्दा दर्ता गरिएको छ ।

जुवासम्बन्धी कसुरमा ११ जना विरुद्ध दुई मुद्दा, नागरिकतासम्बन्धी एक जना विरुद्ध एक, सङ्गठित अपराधमा दुई जना पक्राउ गरी एक मुद्दा दर्ता भएको सिआइवीले जनाएको छ ।

यस्तै खेलसम्बन्धी तीन जनाविरुद्ध एक, दुरसञ्चार हानीसम्बन्धी १४ जना विरुद्ध दुई, सहकारी ठगीमा १४ जना पक्राउ गरी पाँच, लिखतसम्बन्धी चार जनालाई पक्राउ गरी तीन मुद्दा र राष्ट्र बैंक तथा बैंकिङ कसुरमा एक–एक वटा मुद्दा दर्ता भएको जनाइएको छ ।

आर्थिक अपराध अनुसन्धानको सिलसिलामा आठ मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरिएको जनाइएको छ । यस्तै लिखत्ठगी्वैदेशिक रोजगाररनागरिकता ऐनअन्तर्गतको कसुरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । वन्यजन्तु तथा वातावरणीय अपराध अनुसन्धानमा आठ अपरेशन सञ्चालन गरेर ३५ जनालाई पक्राउ गरी कानुनी कारवाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

मुद्दा फैसलातर्फ सजाय ठहर भई फरार रहेका विभिन्न एक सय २५ जना प्रतिवादीलाई पक्राउ गरी रु ३० करोड छ लाख जरिवना असुल र एक सय २९ वर्ष कैद सजाय फस्र्योटका लागि अदालतमा पठाइएको छ ।

अपराध नियन्त्रण चुनौतीपूर्ण

समाजको विकासक्रमसँगै अपराधको कार्यविधि र त्यसमा प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान सन्दर्भमा अपराध गर्ने शैली र अपराधिक गिरोहको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेकाले अपराध अनुसन्धानकार्य थप चुनौतीपूर्ण हुँदै गइरहेको सिआइबीको निष्कर्ष छ ।

अपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लागेसँगै अपराध अनुसन्धानकार्य प्राविधिकरूपमा अझै जटिल हुँदै गइरहेको प्रवक्ता थापाले बताए । यस्तै सिआइवीले ज्यानसम्बन्धी कसुरको सङ्कास्पद घटनामा सफल अनुसन्धानमार्फत २६ व्यक्ति पहिचाान गरी कारबाहीको दायरामा ल्याएको जानकारी गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा यात्रुको घुइँचो
सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा यात्रुको घुइँचो
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार
टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार
पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !
पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !
सधैंभरि तुइनकै भर, कहिले बन्ला पुल!
सधैंभरि तुइनकै भर, कहिले बन्ला पुल!
वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए
वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए
काठमाडौंमा १० जना संक्रमित थपिए, कोरोना परास्त गर्ने व्यक्तिको संख्या १०७
फुटेका मन्त्रालय फेरि गाभिने
फुटेका मन्त्रालय फेरि गाभिने
दीपककी नाना बन्दै सरिता (भिडियो सहित )
दीपककी नाना बन्दै सरिता (भिडियो सहित )
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु
मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?