सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
४४ पटक हेरिएको
Shares
सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

सारांश

  • काठमाडौँ ।
  • नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ ।
  • अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३/२०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो ।

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ ।

अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३/२०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो । नवनिर्वाचित अध्यक्ष गोयल गोयल गु्रपका प्रबन्ध निर्देशक हुन् ।

कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टीग्रेसन), सुगम घिमिरे (ग्रोथ एण्ड एक्सपान्सन), संकेत सङ्घाई (फाइनान्स चेयर), निदा दुन मल्ल (कम्यूनिकेसन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल स्टार्टअप (को–चेयर) निर्वाचित भएका छन् ।

युवा उद्यमी मञ्चले नवप्रवर्तन र युवालाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने नवनिर्वाचित अध्यक्ष गोयलले बताए । उनले युवा उद्यमीहरुलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसङ्घको युवा सङ्गठन हो । मञ्चको पहिलो अध्यक्ष विष्णुकुमार अग्रवाल थिए भने निवर्तमान अग्रवाल प्राशी अग्रवाल थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुकरबर्गले मस्कको केज फाइट बारे भने-ठेगना पठाउनु होस्
जुकरबर्गले मस्कको केज फाइट बारे भने-ठेगना पठाउनु होस्
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् : रास्वपा सभापति लामिछाने
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
५८ वर्षअघि बिपी–माओ भेटवार्ता: पश्चिमाहरुले एभरेस्ट भन्छन् हामीले यसलाई सगरमाथा भन्नु पर्छ !
न्यायाधीश भएकै आधारमा ललिता निवास जग्गा प्रकरणमा गौतमलाई उन्मुक्ति ?
न्यायाधीश भएकै आधारमा ललिता निवास जग्गा प्रकरणमा गौतमलाई उन्मुक्ति ?
के राजपा सरकारमा सहभागी हुन्छ ?
के राजपा सरकारमा सहभागी हुन्छ ?
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
टी-२० विश्वकपः पाकिस्तान विरुद्ध अमेरिकाको ऐतिहासिक जीत
टी-२० विश्वकपः पाकिस्तान विरुद्ध अमेरिकाको ऐतिहासिक जीत
Официальный сайт Мостбет Ставки на спорт Mostbe
चीनको यो निर्णयले नेपालमा फैलियो त्रास
चीनको यो निर्णयले नेपालमा फैलियो त्रास
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै

तपाईंले छुटाउनुभयो कि?