सिंहदरबारभित्र करोडौंको लेनदेन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २०, २०७३
|
|
१७३ पटक हेरिएको
Shares
सिंहदरबारभित्र करोडौंको लेनदेन

सारांश

  • दशवर्षसम्म जनयुद्धको कमाण्डर बनेका प्रचण्डले नेतृत्व गरेको वर्तमान सरकारले एउटा सामान्य नियुक्तिमा पनि करोडौं रूपैयाँको लेनदेन गर्ला भनेर पत्याउन मुश्किलै पर्छ ।
  • तर सिंहदरबार परिसरभित्र रहेको नेपाल टेलिभिजनका कर्मचारीहरूबीच यस्तै चर्चा सुनिन्छ हालका दिनहरूमा ।
  • माओवादी पाटी खुला परिवेशमा आएपछि प्रधानमन्त्री दाहालका निकटस्थ व्यक्तिका रूपमा चर्चा पाएका र अवसर प्रयोग गर्दै आएका व्यक्ति नारायण दाहाल हुन् ।

दशवर्षसम्म जनयुद्धको कमाण्डर बनेका प्रचण्डले नेतृत्व गरेको वर्तमान सरकारले एउटा सामान्य नियुक्तिमा पनि करोडौं रूपैयाँको लेनदेन गर्ला भनेर पत्याउन मुश्किलै पर्छ । तर सिंहदरबार परिसरभित्र रहेको नेपाल टेलिभिजनका कर्मचारीहरूबीच यस्तै चर्चा सुनिन्छ हालका दिनहरूमा ।

माओवादी पाटी खुला परिवेशमा आएपछि प्रधानमन्त्री दाहालका निकटस्थ व्यक्तिका रूपमा चर्चा पाएका र अवसर प्रयोग गर्दै आएका व्यक्ति नारायण दाहाल हुन् । उनै नारायण दाहालले एकजना कांग्रेस निकट व्यक्तिलाई नेपाल टेलिभिजनमा मासिक रु. ५१ हजार तलब र गाडी सुविधासहितको जागिरमा नियुक्ति दिलाउन करोडौं रूपैयाँ लेनदेन भएको चर्चा सिंहदरबार परिसरभित्र रहेको नेपाल टेलिभिजनका कर्मचारीहरूबीच चलिरहेको छ ।

समाचार सूत्रका अनुसार गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल टेलिभिजनमा एकजना महेशराज दाहाल नाम गरेका प्रधानमन्त्री प्रचण्डका सगोत्री तर नेपाली कांग्रेस पार्टीसँग निकट भएका व्यक्तिलाई कार्यकारी अध्यक्षमा नियुक्त गरिएको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको प्रस्तावमा कार्यकारी अध्यक्षमा नियुक्त गरिएका महेशराज दाहाललाई नेपाली कांग्रेसका मिनेन्द्र रिजाल सञ्चारमन्त्रीमा कार्यरत रहँदा नेपाल टेलिभिजनको सञ्चालक समिति अध्यक्षमा नियुक्त गरिएको थियो ।

सञ्चालक समितिको अध्यक्षको भूमिका सेरेमोनियल हुने भएकाले उनलाई ५१ हजार मासिक तलब, १ सय लिटर इन्धन, फोन÷मोबाइल खर्च २ हजार र एउटा सवारी चालकसहितको सवारीसाधन सुविधा उपलब्ध गराउने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिएर नियुक्तिपत्र थमाइएको छ । मिति २०७३÷१०÷१४ को निर्णय भन्दै ०७३÷१०÷१८ मा नियुक्तिपत्र थमाइएको छ । नियुक्तिपत्रका बधाईसहित दिइएको छ र कार्यकाल सफलताको कामना पनि गरिएको छ । परन्तु कार्य अवधि भने तोकिएको छैन । स्मरणीय छ, नेपाल टेलिभिजनमा कार्यकारी अधिकारको प्रयोग महाप्रबन्धकले गर्दै आएका छन् । केही समययता रिक्त रहेको महाप्रबन्धकको पदपूर्तिका लागि विज्ञापन आह्वान भएर पनि उम्मेदवार छनौट गर्ने कामले पूर्णता पाउन बाँकी रहेकै बेला कार्यकारी अध्यक्षको नियुक्तिले नेपाल टेलिभिजन अन्यौल छाएको हो । कम्युनिष्ट प्रधानमन्त्री र कम्युनिष्ट सञ्चारमन्त्री कार्यरत रहेको अवस्थामा युद्धकालका पत्रकारहरूले आश गर्नु स्वाभाविकै हो । तर प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई भने कांग्रेसी कार्यकर्ता प्यारो लाग्न थालेका छन् । रेडियो नेपालमा पनि केही दिनअघि यसैगरी कांग्रेसी पृष्ठभूमिका कर्मचारीलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको आजकोजनधारणा साप्तहिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था
इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प
बिस्का जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने अभियान सुरु
बिस्का जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने अभियान सुरु
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित
‘हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अनौठो मान्ने नेपाली बच्चा जोगाउन गाह्रो भइसक्यो’
‘हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अनौठो मान्ने नेपाली बच्चा जोगाउन गाह्रो भइसक्यो’
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी

तपाईंले छुटाउनुभयो कि?