लिभरपुलको १०० प्रतिशत जित, चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ६, २०७६
|
|
५७ पटक हेरिएको
Shares
लिभरपुलको १०० प्रतिशत जित, चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित

सारांश

  • काठमाडौं ।
  • इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले १०० प्रतिशत खेल खेलेको छ ।
  • आइतबार राति लिभरपुलले अर्को उपाधि दावेदार चेल्सीलाई उसकै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा पराजित गर्यो ।

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले १०० प्रतिशत खेल खेलेको छ । आइतबार राति लिभरपुलले अर्को उपाधि दावेदार चेल्सीलाई उसकै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा पराजित गर्यो ।

लिभरपुल २–१ को गोल अन्तरले विजयी भयो ।
खेलको १४ औं मिनेटमा लिभरपुलले अलेक्जेण्डर अर्नोल्डको फ्रिकिक गोलबाट खेलमा अग्रता लिएको थियो । रोबर्टो फिर्मिन्होले ३० औं मिनेटमा हेड गोलमार्फत लिभरपुलको अग्रतालाई दोब्बर बनाएका थिए ।

खेलको ७१ औं मिनेटमा एन्टोनी कोन्टेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर थप गोल हुन नसकेपछि लिभरपुलले खेल आफ्नो पक्षमा पार्यो ।

आइतबारका अन्य खेलको नतिजा
आइतबार म्यान्चेस्टर युनाइटेड पनि पराजित भयो । युनाइटेडलाई वेष्टह्याम युनाइटेडले २–० गोल अन्तरले पराजित गरेको हो ।

ज्बचचथ ःबनगष्चभ (भिात), ँचभम (अभलतचभ) बलम व्भककभ ीष्लनबचम यियप मभवभअतभम बातभच ध्भकत ज्बm’क कभअयलम

वेष्टह्यामको मैदानमा भएको खेलमा एन्डी यार्मोलेन्को र आरोन क्रेसवेलले १–१ गोल गरे ।

अर्को महत्वपूर्ण खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हरायो । खेलको २० औं मिनेटमा जोन म्याकगिनले गोल गर्दै एस्टनलाई अग्रता दिलाए ।

एष्भचचभ(भ्mभचष्अप ब्गदबmभथबलन कतचगअप तय नष्खभ ब्चकभलब िबल ष्mउयचतबलत धष्ल तय भबकभ तजभ उचभककगचभ यल न्गललभचक दयकक ग्लबष् भ्mभचथ

४१ औं मिनेटमा एन्स्ले म्याटल्यान्ड नाइल्सले दोहोरो पहेंलोकार्डसहित रातो कार्ड पाएपछि १० जनामा सीमित भयो आर्सनल ।

५९ औं मिनेटमा निकोलस पेपेले पेनाल्टीबाट गोल गर्दै १–१ को बराबरी गरे ।

६० औं मिनेटमा वेस्लीले गोल गर्दै एस्टनलाई फेरि अग्रता दिलाए । ८१ औं मिनेटमा कालुम च्याम्बर्सले गोल गरेर आर्सनललाई २–२ को बराबरीमा ल्याए ।

८४ औं मिनेटमा पेर्रे इम्रिक आउबामेले गोल गर्दै आर्सनललाई एमाइरेट्स स्टेडियममा महत्वपूर्ण जित दिलाए ।

लिगको चौथो खेलमा क्रिस्टल प्यालेस र वुल्भरह्याम्पटनले १–१ गोलको बराबरी खेलेका छन् ।

अंक तालिका
छैटौं चरणको खेल सकिँदा लिभरपुल १०० प्रतिशत खेल्ने क्रममा १८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको १३ अंक छ ।

११ अंकसहित लेस्टर सिटी तेस्रो, आर्सनल चौथो र वेष्टह्याम पाँचौं स्थानमा छ । ८ अंकबाट म्यान्चेस्टर युनाइटेड आठौं तथा चेल्सी एघारौं स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, “एक देश, एक निर्वाचन”को प्रस्ताव
भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, “एक देश, एक निर्वाचन”को प्रस्ताव
बाबुरामको नारायणकाजीमाथि आरोप : काजी गुटले माके सिध्यायो, अब नेकपा सिध्याउँछ’
बाबुरामको नारायणकाजीमाथि आरोप : काजी गुटले माके सिध्यायो, अब नेकपा सिध्याउँछ’
ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रचण्डको घोषणा, मन्त्रीमण्डलकाे बारे भने यस्ताे
ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रचण्डको घोषणा, मन्त्रीमण्डलकाे बारे भने यस्ताे
एघार वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन
एघार वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन
एक मत बटुल्न चार हजार खर्च, तीन दिनको यात्रा
एक मत बटुल्न चार हजार खर्च, तीन दिनको यात्रा
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
भारतीय नागरिक नेपालमा मन्त्री !
भारतीय नागरिक नेपालमा मन्त्री !
प्रस्ताव फिर्ता लिन सरकारलाई नेकपा (माले) को पुनः आग्रह
प्रस्ताव फिर्ता लिन सरकारलाई नेकपा (माले) को पुनः आग्रह
गोरखामा वाम गठबन्धनका उम्मेद्वार श्रेष्ठलाई लक्षित गरी बम विस्फोट
गोरखामा वाम गठबन्धनका उम्मेद्वार श्रेष्ठलाई लक्षित गरी बम विस्फोट
यी हुन् यस हप्ताका १० ट्रेन्डिङ् भिडियाे !
यी हुन् यस हप्ताका १० ट्रेन्डिङ् भिडियाे !

तपाईंले छुटाउनुभयो कि?