गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २८, २०७४
|
|
१४३० पटक हेरिएको
Shares
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ

सारांश

  • नेकपा एमालेका नेता शंकर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रीय संसदको तीनओटै चुनाव प्रतिपक्षमै बसेर सामना गर्ने चुनौति एमालेलाई स्वीकार्य रहेको बताएका छन् ।
  • उनले प्रतिपक्षमै बसेर सबै तहका चुनाव जित्ने दावीसमेत गरेका छन् ।
  • कांग्रेस नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले बुधवारमात्रै अबका सबै चुनाव प्रतिपक्षमै बसेर लड्ने चुनौति स्वीकार गर्न एमालेलाई आग्रह गरेका थिए ।

नेकपा एमालेका नेता शंकर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रीय संसदको तीनओटै चुनाव प्रतिपक्षमै बसेर सामना गर्ने चुनौति एमालेलाई स्वीकार्य रहेको बताएका छन् । उनले प्रतिपक्षमै बसेर सबै तहका चुनाव जित्ने दावीसमेत गरेका छन् ।
कांग्रेस नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले बुधवारमात्रै अबका सबै चुनाव प्रतिपक्षमै बसेर लड्ने चुनौति स्वीकार गर्न एमालेलाई आग्रह गरेका थिए । त्यसको जवाफमा एमाले स्थायी कमिटी सदस्य पोखरेलले सत्तामा बसेरमात्र चुनाव जित्न सकिन्छ भन्ने रोग कांग्रेसमा रहेको बताए ।

एमाले केन्द्रीय प्रचार बिभाग र प्रेस चौतारीले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पोखरेलले भने- प्रतिपक्षमै बसेर चुनाव लड्नुपर्ने चुनौति एमालेलाई स्वीकार छ । कांग्रेस सत्ता बाहिर बसेर चुनाव लड्न सक्दैन,किनकी उसले धाँधली बाहेक चुनाव जित्ने अन्य अस्त्र देखेको छैन ।

पोखरेलले एमालेले स्थानीय तह र प्रदेशको चुनाव जित्दै संघीय संसदमा बहुमत ल्याएरमात्र सरकारमा जाने लक्ष्य राखेको बताए । उनले भने- सत्ताधारी नेताहरुले बुझे हुन्छ, हामीलाई चुनाव चाहिएको हो, सरकार होइन ।

चारओटै महानगर जित्ने दाबी

पत्रकार सम्मेलनमा पोखरेलले एमालेको चुनावी अवस्था मजबुत हुँदै गएको भन्दै काठमाडौं, ललितपुर, भरतपुर र पोखरा चारओटै महानगरपालिकामा एमालेले जित्ने दावी गरे । उनले कांग्रेस- माओवादी मिलेरमात्र चुनाव लड्ने अवस्था सिर्जना हुनुले पनि एमाले बलियो रहेको प्रष्ट हुने बताए ।

एमालेले पहिलो चरणको स्थानीय तहको चुनावमा चार महानगर र हेटौंडा उपमहानगरपालिका सहित ६० प्रतिशतभन्दा बढी गाउँ तथा नगरपालिकाहरुमा जित्ने रिपोर्ट आइरहेको दावीसमेत गरेको छ ।

सत्तापक्ष हिंसामा उत्रिएको आरोप

एमाले नेता पोखरेलले चुनाव हार्ने स्थिति देखिन थालेपछि सत्तापक्ष राज्यशक्तिको दुरुपयोग गर्दै हत्या हिंसामा उत्रिएको आरोप लगाए । उनले दोलखामा एमाले उम्मेदवारका छोराको हत्यामा माओवादी केन्द्रका माथिल्लो तहका नेताहरु नै प्रत्यक्ष संलग्न रहेको आरोप लगाए ।

पोखरेलले भने- हत्यामा संलग्न व्यक्तिहरु विरुद्ध किटानी जाहेरी दिइएको छ । उनीहरुलाई कानुनी कारवाहीको दायरमा ल्याइएन भने एमाले चूप लाग्न सक्दैन । प्रहरीको सिआइबीले नै अनुसन्धान शुरु गरेको भनिएको छ । हामी चाँडो सत्य तथ्य बाहिर आवस् भन्ने चाहान्छौं ।

प्रहरी प्रशासनलाई सत्तापक्षले दुरुपयोग गर्ने खतरा रहेको भन्दै एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । ‘सत्तापक्षले राज्यका साधन स्रोत दुरुपयोग गरेर एमालेविरुद्ध सुरक्षा निकाय परिचालन गर्न खोजिरहेको छ । निर्वाचन आचारसंहिता उल्लंघनमा प्रधानमन्त्री र मन्त्री नै संलग्न छन्, निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण होस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?