वान्टेड२ मा पनि सलमान कै बर्चस्व

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २९, २०७४
|
|
१३८० पटक हेरिएको
Shares
वान्टेड२ मा पनि सलमान कै बर्चस्व

सारांश

  • बलिउड अभिनेता सलमान खानको करिअरमा ‘वान्टेड’ ले बिग्रँदै गएको करिअर सम्हालिदिएको थियो ।
  • तर फिल्म रिलिज भएपछि यो विवादमा तानिएको थियो ।
  • भारतको मेरठस्थित एउटा अदालतमा चलचित्रको निर्माता बोनी कपुर, उनकी श्रीमती श्रीदेवी र चलचित्रकर्मी प्रभुदेवा सलमानलाई समेत कपिराइटको मामिलामा मुद्दा हालियो ।

बलिउड अभिनेता सलमान खानको करिअरमा ‘वान्टेड’ ले बिग्रँदै गएको करिअर सम्हालिदिएको थियो । तर फिल्म रिलिज भएपछि यो विवादमा तानिएको थियो । भारतको मेरठस्थित एउटा अदालतमा चलचित्रको निर्माता बोनी कपुर, उनकी श्रीमती श्रीदेवी र चलचित्रकर्मी प्रभुदेवा सलमानलाई समेत कपिराइटको मामिलामा मुद्दा हालियो । उनीहरु विरुद्ध पिटीशनर वीरबलसिंह रानाले बोनी कपुरको प्रोडक्सन विरुद्ध मुद्दा हालेका थिए ।
सात वर्ष पछि त्यो मुद्दाको फैसला भयो र मुद्दा पनि बोनी कपुरले जिते । मुद्दा जितेसँगै बोनीले नया खुलासा पनि गरेका छन् । मुम्बई मिररसँग कुराकानी गर्दै  उनले एकसाथ १६ फिल्मको कपिराइट खरिद गरेको बताए ।
बोनीले प्रभुदेवासँग मात्र नभएर चलचित्रका वास्तविक रचनाकार र निर्माता पोकरीसँग चलचित्रको अधिकार खरिद गरेका थिए । बोनीले भने, “कसैले मेरो विरुद्ध केस फाइल गरेको छ भन्दा मलाई निकै धक्का पनि लाग्यो, यति मात्र होइन ती मान्छेले हामीलाई ब्लाकमेल गर्न पनि सुरु गरेका थिए । तर हामीले मुद्दा जित्यौँ, खुसी लागेको छ ।”
‘वान्टेड २’ को लागि स्क्रिप्ट खोजिरहेको बताउँदै बोनीले ‘वान्टेड २’ सलमान खान बिना अधुरो हुने बताए । ‘वान्टेड’ मा सलमान खानको साथमा आइशा टाकिया पनि थिइन् । सलमानका पिता बनेका विनोद खन्नालाई पनि दर्शकले मन पराएको थिए । सलमान खानको चलचित्रको भूमिकाले अत्यधिक प्रशंसा पाएको थियो । यो चलचित्र सलमान खानको सम्झन लायक चलचित्रमा पर्छ ।
चलचित्रको पात्र राधेले बक्स अफिसमा तहल्का मच्चाएको थियो । आगामी ‘वान्टेड २’ मा सलमान खान राधेको भूमिकाका लागि तयार हुन्छन् या हुन्नन्, यो समयले बताउने कुरो हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमबीबीएस र बीडीएस तहमा निजी मेडिकल कलेजमा भर्ना अन्योल
एमबीबीएस र बीडीएस तहमा निजी मेडिकल कलेजमा भर्ना अन्योल
Property worth about Rs 20 m destroyed in fire
Property worth about Rs 20 m destroyed in fire
न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु
जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
फेशन डिजाइनर काजल युरोपमा सम्मानित
फेशन डिजाइनर काजल युरोपमा सम्मानित
महानगरका भित्री भागमा आगलागीको जोखिम
महानगरका भित्री भागमा आगलागीको जोखिम
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
ठाउँमात्र ओगटेर बस्ने प्रथाको अन्त्यका लागि मेरो उम्मेद्वारी : तामाङ
ठाउँमात्र ओगटेर बस्ने प्रथाको अन्त्यका लागि मेरो उम्मेद्वारी : तामाङ
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा

तपाईंले छुटाउनुभयो कि?