स्थानीय तहको मतगणना सुरु

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १, २०७४
|
|
१९७ पटक हेरिएको
Shares
स्थानीय तहको मतगणना सुरु

सारांश

  • काठमाडौँ, १ जेठ ।
  • स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको छ ।
  • निर्वाचन आयोगका अनुसार, रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट आज बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने कार्य भइरहेको छ ।

काठमाडौँ, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार, रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट आज बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने कार्य भइरहेको छ ।

प्रदेश नम्बर ३ का ८, प्रदेश नम्बर ४ का २५ र प्रदेश नम्बर ६ का ५१ स्थानमा मतपेटिका सङ्कलनको काम भइरहेको जनाइएको छ ।

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ६ स्थित नन्दादेवी मावि मतदान केन्द्रका मतपेटिका ढुवानीको क्रममा आइतबार एक समूहले मतपेटिका लुटी नोक्सान पारेकाले सुरक्षाकर्मीले सुरक्षार्थ गोली चलाउँदा एकजनाको घटनास्थलमै मृत्यु भएको आयोगले जनाएको छ ।

सो घटनामा घाइते भएकालाई उपचारार्थ हेलिकप्टरबाट अस्पताल लैजाने तयारी भइरहेको छ । सो घटनामा पाँचजना सुरक्षाकर्मीसमेत घाइते भएको जानकारी प्राप्त भएको छ ।

मतदान स्थगित भएका र सामग्री लुटी नोक्सान पारिएका मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरिने छ । काठमाडौँ उपत्यकामा काठमाडौँ महानगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका र भक्तपुर जिल्लाका स्थानीय तहको मतगणनाको तयारी भइरहेको आयोगले जनाएको छ । कालीकोट जिल्लाको कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालय मतदान केन्द्रको आइतबार अपराह्न केही समय स्थगित भएको मतदान कार्य पुनः सुचारु गरी सम्पन्न भएको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रारम्भिक मत परिणाम: एमाले पहिलो, कांग्रेस दोस्रो, मा‌ओवादी तेस्रो (प्रदेश अनुसार रिपोर्ट)
प्रारम्भिक मत परिणाम: एमाले पहिलो, कांग्रेस दोस्रो, मा‌ओवादी तेस्रो (प्रदेश अनुसार रिपोर्ट)
प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार
प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै
स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै
गायत्री थापा लाई देखेसि छोड्नै मानेनन नवीनले (भिडियो सहित )
गायत्री थापा लाई देखेसि छोड्नै मानेनन नवीनले (भिडियो सहित )
समितिका निर्देशन कार्यान्वयन नहुनु अवहेलना हो : ज्येष्ठ सदस्य केसी
समितिका निर्देशन कार्यान्वयन नहुनु अवहेलना हो : ज्येष्ठ सदस्य केसी
के छ त बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा ?
के छ त बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा ?
आज इन्द्रजात्रा पर्व मनाइँदै
आज इन्द्रजात्रा पर्व मनाइँदै
अभिनेत्री समान्थाको आन्ध्र प्रदेशमा बन्यो मन्दिर
अभिनेत्री समान्थाको आन्ध्र प्रदेशमा बन्यो मन्दिर
हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा
हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र

तपाईंले छुटाउनुभयो कि?