मुलपानीमा गोली चल्यो, लुटेरा समुहका नाइके ‘खुँडे’ पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
५२ पटक हेरिएको
Shares
मुलपानीमा गोली चल्यो, लुटेरा समुहका नाइके ‘खुँडे’ पक्राउ

सारांश

  • काठमाडौँ –  काठमाडौंको मुलपानीमा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् ।
  • लुटेरा समूहका नाइके मानिने ‘खुँडे’ भन्ने अम्बरबहादुर तामाङलाई बिहीबार राति पक्राउ गरेको हो ।
  • महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले २ राउन्ड गोली चलाएर पक्रेको हो ।

काठमाडौँ –  काठमाडौंको मुलपानीमा प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् । लुटेरा समूहका नाइके मानिने ‘खुँडे’ भन्ने अम्बरबहादुर तामाङलाई बिहीबार राति पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले २ राउन्ड गोली चलाएर पक्रेको हो । पक्राउ गर्न खोज्दा आक्रमण गर्न खोजेकाले गोली हान्दा उनको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । उनी सिन्धुपाल्चोक बाह्रबिसेका हुन, हाल गोकर्णेश्वरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल, गोली, १२ सय अमेरिकन डलर, ८ थान डलर साट्न प्रयोग गर्ने कागजको बिटा बरामद गरिएको छ।

प्रहरीका अनुसार जेठ २४ मा काठमाडौं साँखु पुल नजिकै ताप्लेजुङका वीरेन तामाङको १९ लाख ६० हजार, २८ गते कपन संयुक्तपार्कबाट ताप्लेजुङकै राजकुमार बानियाँको ४ लाख ९० हजार, सूर्यविनायक जंगलमा स्याङ्जा चापाकोटका राज भण्डारीबाट ८ लाख लुटेका थिए।
तामाङ नेतृत्वको एक समूहले हतियार देखाइ तर्साएर लुट्ने, धम्क्याउने गर्ने गरेकाले पक्रेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव
डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव
विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेपछि राजेन्द्र महतोको कडा चेतावनी
विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेपछि राजेन्द्र महतोको कडा चेतावनी
नेपालमै बन्यो कोरोनाको औषधी !
नेपालमै बन्यो कोरोनाको औषधी !
सुन गायब प्रकरणमा प्रचण्ड’का पूर्व अंगरक्षक !
सुन गायब प्रकरणमा प्रचण्ड’का पूर्व अंगरक्षक !
गोलभेंडा र काउलीमा अत्यधिक विषादी
गोलभेंडा र काउलीमा अत्यधिक विषादी
यस्तो विवादित र आलोचित थियो, गोपाल पराजुलीको छवि प्रधानन्यायाधीश नबन्दै
यस्तो विवादित र आलोचित थियो, गोपाल पराजुलीको छवि प्रधानन्यायाधीश नबन्दै
Shilpa Shetty, Kangana Ranaut and other b-town celebs showcasing their best yoga skills
Shilpa Shetty, Kangana Ranaut and other b-town celebs showcasing their best yoga skills
पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी
पछिल्लो मत परिणामकांग्रेस ३, एमाले ३ र माओवादी १ गाउँपालिकामा विजयी
भारतीय कम्पनी सेरमले कोरोना भ्याक्सिनको मानवीय परीक्षण गर्न मान्यता पायो
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”

तपाईंले छुटाउनुभयो कि?