निजी शैक्षिक संस्था बन्द

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १०, २०७५
|
|
५३ पटक हेरिएको
Shares
निजी शैक्षिक संस्था बन्द

सारांश

  • चितवन, १० असार।
  • नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० निकट अखिल ९क्रान्तिकारी० ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् ।
  • प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल ९क्रान्तिकारी० चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।

चितवन, १० असार। नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० निकट अखिल ९क्रान्तिकारी० ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् ।

प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल ९क्रान्तिकारी० चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।

विद्यार्थीको आह्वानपछि निजी शैक्षिक संस्था बन्द रहेका छन् । सामुदायिक विद्यालय भने नियमित सञ्चालनमा छन् ।

क्रान्तिकारीका जिल्ला सचिव दर्पणद्वारा जारी विज्ञप्तिमा आफ्ना जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई क्रमशः रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस र माडी बहुमुखी क्याम्पसबाट पढिरहेको समयमा गैर न्यायिक ढंगबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको भन्दै दुबै जनाको तत्काल रिहाइको माग गरेको छ ।

पक्राउ परेका विद्यार्थी नेता रिहाइ नभएसम्म आन्दोलन जारी रहने क्रान्तिकारीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शिक्षण संस्थालाई नियमित सञ्चालन गर्न भनिएको बताउँदै शैक्षिक वातावरण कायम राख्न आवश्यक शान्ति सुरक्षाको प्रत्याभूति गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे
साताको कारोबारको पहिलो दिन नेप्से २६४० विन्दुमा, नेपाल बैंकको सर्वाधिक कारोबार
पोखरा प्रिमियर लिग LIVE: पारस र सोमपालको टिम भिड्दै
पोखरा प्रिमियर लिग LIVE: पारस र सोमपालको टिम भिड्दै
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
यसरी लेखे प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले  पत्र
यसरी लेखे प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले पत्र
जाजरकाेटमा लाखे नाच सुरु भएकाे डेढ सय वर्ष पुरा !
जाजरकाेटमा लाखे नाच सुरु भएकाे डेढ सय वर्ष पुरा !
बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप !
बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कार आरोप !

तपाईंले छुटाउनुभयो कि?