भदौ २६ गते देखि ‘नाडा अटो-शो’

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १८, २०७५
|
|
५४ पटक हेरिएको
Shares
भदौ २६ गते देखि ‘नाडा अटो-शो’

सारांश

  • काठमाडौं ।
  • नाडा अटो शो को १३ औं संस्करण ‘नाडा अटो शो २०१८’ भदौ २६ देखि ३१ सम्म भृकुटीमण्डपमा हुने भएको छ ।
  • नाडा अटोमोबाइल्स एशोसिएशन् अफ नेपाल एवं ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१८ को शिर्ष प्रायोजनमा यस पटक फेरी सर्भो वल्र्ड क्लास लुब्रिकेन्स् रहेको छ ।

काठमाडौं । नाडा अटो शो को १३ औं संस्करण ‘नाडा अटो शो २०१८’ भदौ २६ देखि ३१ सम्म भृकुटीमण्डपमा हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन् अफ नेपाल एवं ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१८ को शिर्ष प्रायोजनमा यस पटक फेरी सर्भो वल्र्ड क्लास लुब्रिकेन्स् रहेको छ ।

सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धि सम्पूर्ण जनाकारी एकै थलोमा उपलब्ध गराई, नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार–प्रसार–प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष अटो शो हुदै आएको छ । आम सर्वसाधरणलाई सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउने साथै सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना एवं सडक सुरक्षामा सम्बन्धी जन चेतनाको अभिवृद्धि गर्ने नाडा अटो शोको अभियान रहेको छ ।

चार पाङ्ग्रे, दुई पाङ्ग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी, यस वर्ष तीन ओटा ह्यारहरु राखिने भएको छ । प्रदर्शन स्थलको अभावले गर्दा हेभी कमर्शियल गाडीहरु यस वर्ष प्रदर्शनीमा नराखिने भएको छ । ६ दिनसम्म चल्ने नाडा अटो शो मा १९ ब्राण्डका चार पाङ्ग्रे तथा २० ब्राण्डका २ पाङ्ग्रे सवारी साधनहरु रहने छन् । यसैगरी पैठारीकर्ता, डिलर, उत्पादक तथा बिक्रेता गरी ७१ कम्पनीहरुको सहभागिता रहने छन ।

साना ठूला गरी १ सय ३४ ओटा स्टलहरु रहने छन् । प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्ट्स, टायर ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजलगायत नेपालमै उत्पादित सामाग्रीहरुसमेत रहने छन् ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमण : मनमोहन अस्पताल कोरोना नियन्त्रण सहकारी केन्द्र
कोरोना संक्रमण : मनमोहन अस्पताल कोरोना नियन्त्रण सहकारी केन्द्र
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
कांग्रेस सरकारमा नजाने नेता कोइरालाकाे दाबी
कांग्रेस सरकारमा नजाने नेता कोइरालाकाे दाबी
प्रशासकीय अधिकृतले कीर्ते नागरिकता बनाएपछि…
मोदी दोस्रो कार्यकालमा नेपाल नआउने सम्भावना !
मोदी दोस्रो कार्यकालमा नेपाल नआउने सम्भावना !
गगन थापाले भने ‘पार्टीमा नयाँ तरङ्ग ल्याउँछ’
गगन थापाले भने ‘पार्टीमा नयाँ तरङ्ग ल्याउँछ’
लोकमान भन्छन् – ज्यानको खतरा भएपछि परदेशिनुपर्यो
लोकमान भन्छन् – ज्यानको खतरा भएपछि परदेशिनुपर्यो
खेल समाचार :विश्वकप छनोट : नेपाल–चीन भिड्दै
खेल समाचार :विश्वकप छनोट : नेपाल–चीन भिड्दै
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने

तपाईंले छुटाउनुभयो कि?