दशैकाे पुर्बसन्ध्यामा धनगढीमा यातायात ठप्प

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ११, २०७५
|
|
५६ पटक हेरिएको
Shares
दशैकाे पुर्बसन्ध्यामा धनगढीमा यातायात ठप्प

सारांश

  • धनगढी,  ११ असाेज ।
  • प्रदेश नं ७ को राजधानी सार्ने प्रस्ताव प्रदेश नं ७ को संसदमा पेश गरिएको भोलिपल्ट  धनगढी आन्दोलनमा होमिएको छ ।
  • बजार, उद्योग, कलकारखाना तथा यातायातका साधनहरु ठप्प पारेर प्रदेश राजधानी सार्ने कार्यको विरोधमा धनगढी बन्दको आह्वान गरिएको छ ।

धनगढी,  ११ असाेज । प्रदेश नं ७ को राजधानी सार्ने प्रस्ताव प्रदेश नं ७ को संसदमा पेश गरिएको भोलिपल्ट  धनगढी आन्दोलनमा होमिएको छ । बजार, उद्योग, कलकारखाना तथा यातायातका साधनहरु ठप्प पारेर प्रदेश राजधानी सार्ने कार्यको विरोधमा धनगढी बन्दको आह्वान गरिएको छ ।
हाल धनगढीमा रहेको प्रदेश राजधानी २० किमी पर जंगलमा सार्ने प्रस्ताव संसदमा दर्ता भएसँगै बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो ।राजधानी सार्ने प्रस्तावको विरुद्धमा उत्रिएका बन्दकर्ताहरु बिहानैदेखि बजारमा निस्केका छन् । धनगढी नगरबासीद्वारा माइकिङ गरेर बन्दको आब्हान गरेका हुन । कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले आन्दोलनको अगुवाइ गरिरहेका छन् ।  प्रदेशसभाले साउन १४ गते राजधानी र नामका लागि सुझाव दिन नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरेको थियो ।  सो समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित तेघरी ब्यारेकनजिक वन क्षेत्रमा राख्न सुझाव दिएपछि धनगढीमा बिरोध सुरु भएको हो । प्रदेश सरकारले समितिकै प्रतिवेदन कार्यान्वयन गर्दै प्रस्ताव अघि बढाएपछि स्थानीयबासी आक्रोसित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिभि परेका नेपाली अमेरिकामा निर्वाचित
डिभि परेका नेपाली अमेरिकामा निर्वाचित
कोमल ओली मन्त्रिमा नियुक्त भएपछी सल्लाहकारमा पशुपति शर्मा (भिडियो सहित)।
कोमल ओली मन्त्रिमा नियुक्त भएपछी सल्लाहकारमा पशुपति शर्मा (भिडियो सहित)।
गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
फुसको छाना हटाउँदै शिवराज नगरपालिका
फुसको छाना हटाउँदै शिवराज नगरपालिका
एकैदिन ८ जनाको विवाह रोकियो
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
मेस्सीलाई फकाउदै प्रशिक्षक स्कालोनी
मेस्सीलाई फकाउदै प्रशिक्षक स्कालोनी
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

तपाईंले छुटाउनुभयो कि?