विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २४, २०७५
|
|
४७ पटक हेरिएको
Shares
विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा

सारांश

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आज विहान तोडफोड गर्ने १४ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • रष्जिष्टार महेन्द्रकुमार मल्ललाई निलम्बन गरेको विरोध गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
  • विद्यार्थीहरुले प्रशासनिक भवनको दुई वटा काउण्टरमा तोडफोड गरेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आज विहान तोडफोड गर्ने १४ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रष्जिष्टार महेन्द्रकुमार मल्ललाई निलम्बन गरेको विरोध गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

विद्यार्थीहरुले प्रशासनिक भवनको दुई वटा काउण्टरमा तोडफोड गरेका छन् । बिनाकारण राजनीतिको आडमा रजिष्टार पदबाट डा. महेन्द्रकुमार मल्ललाई हटाइएको भन्दै नेपाली कांग्रेस निटक विद्यार्थी र प्रध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।

विश्वविद्यालयको रजिष्टारमा शिक्षा संकायका डिन यामबहादुर कार्कीलाई नियक्त गरेर डा. महेन्द्रकुमार मल्ललाई पदीय आचरण अनुसार काम नगरेको भन्दै निलम्बन गरिएको थियो । विद्यार्थीले प्रध्यापक र विद्यार्थीहरुले नियम विपरित गरिएको निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले आज पनि विश्वविद्यालयको पठनपाठन ठप्प पारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?