ए डिभिजन लिग फुटबल ः हिमालयन शेर्पाद्वारा एनआरटी पराजित

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २, २०७५
|
|
५१ पटक हेरिएको
Shares
ए डिभिजन लिग फुटबल ः हिमालयन शेर्पाद्वारा एनआरटी पराजित

सारांश

  • काठमाडौं।
  • सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ।
  • ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोल अन्तरले हराएको हो।

काठमाडौं। सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा हिमालयन शेर्पाले एनआरटीलाई १–० गोल अन्तरले हराएको हो। हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेटमा बिजयी गोल गरे । एकल प्रयासमा बल अघि बढाउँदै उनले शेर्पाका लागि विजयी गोल गरे।

जितसँगै हिमालयन शेर्पा तालिकाको छैटौ स्थानमा उक्लिएको छ। उसले ९ खेलबाट १४ अंक जोडेको छ। पुलिससंग समान अंक भएपनि गोल अन्तरका आधारमा शेर्पा क्लब पछाडि परेको हो। एनआरटीले नवौ चरणको खेल सम्म एक जित पनि निकाल्न सकेको छैन। एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ।

यस्तै आज भएको अर्को खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ। काठमाडौंको हलचोक मैदानमा सोमबार भएको खेलमा संकटाले फ्रेन्ड्सलाई ३–१ गोल अन्तरले हराएको हो। जितसँगै संकटाले शीर्ष स्थानको मनाङसंग अंक बराबरी गरेको छ। संकटाले ९ खेलबाट २४ अंक जोडेको छ। संकटा भन्दा शीर्ष स्थानको मनाङले एक खेल कम खेलेको छ। जितसंगै संकटाले उपाधि होडमा आफुलाई कायम राखेको छ। संकटाको जितले शीर्ष स्थानको मनाङ र तेस्रो स्थानको थ्री स्टार माथि दबाब बढेको छ। हारसंगै फ्रेन्ड्स ५ अंक सहित ११ औ स्थानमा यथावत छ।

यस्तै एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा भने सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँँडेका छन्। एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको दोस्रो खेलमा सरस्वती र जावलाखेलले गोल रहित बराबरी खेलेका हुन्। खेल अवधिभर दुवै टोलीले अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन्। बराबरीपछि जावलाखेल ८ अंक जोड्दै दशौँ स्थानमा छ भने सरस्वती १० अंक सहित नवौँ स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरको निर्वाचन विवादमा पुन: मतदान गर्न सर्वोच्चको आदेश
भरतपुरको निर्वाचन विवादमा पुन: मतदान गर्न सर्वोच्चको आदेश
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
नेकपा संसदीय दलका सचेतक चौधरी अस्वस्थ
नेकपा संसदीय दलका सचेतक चौधरी अस्वस्थ
प्रहरी हवल्दारलाई गोली हान्ने अभियुक्त इन्काउन्टरमा मारिए
स्वास्थ्य सेवा विभागको नयाँ संरचना : ७५ वटा दरवन्दी घट्यो, पाँचवटा महाशाखा नै खारेज
स्वास्थ्य सेवा विभागको नयाँ संरचना : ७५ वटा दरवन्दी घट्यो, पाँचवटा महाशाखा नै खारेज
इन्काउन्टर गर्न गएको प्रहरीकाे  पेस्तोल नै नपड्किएपछि
इन्काउन्टर गर्न गएको प्रहरीकाे पेस्तोल नै नपड्किएपछि
एकै दिनमा साँढे ५ अर्ब १० करोड सम्पत्ति थप्दै सानसान बने विश्वका छैठौं धनी
एकै दिनमा साँढे ५ अर्ब १० करोड सम्पत्ति थप्दै सानसान बने विश्वका छैठौं धनी
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै
लोपोन्मुख ‘जिउमामा’ संस्कृतिको संरक्षणमा चासो
लोपोन्मुख ‘जिउमामा’ संस्कृतिको संरक्षणमा चासो
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

तपाईंले छुटाउनुभयो कि?