तेह्रथुमका छ वटै स्थानीय तहमा पुनःस्थापना अभियान: अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच विस्तार

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २४, २०८३
|
|
२१ पटक हेरिएको
Shares
तेह्रथुमका छ वटै स्थानीय तहमा पुनःस्थापना अभियान: अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच विस्तार

सारांश

  • तेह्रथुम जिल्लामा अपाङ्गता भएका नागरिकलाई समावेशी समाजमा समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारको साझेदारीमा सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ मार्फत अपाङ्गता भएका नागरिकको अभिलेखीकरण, परिचयपत्र वितरण तथा पुनःस्थापना सेवा विस्तार गरिएको छ।
  •  समावेशी समाज निर्माणका लागि चालिएका यी प्रयासहरूले दुर्गम क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा र सामाजिक अधिकारमा पहुँच सहज बन्दै गएको छ।
  • स्थानीय तहमार्फत सञ्चालित बहुआयामिक अभियानअन्तर्गत हालसम्म तेह्रथुमका छ वटै स्थानीय तहमा रहेका एक हजार ७९३ जना अपाङ्गता भएका व्यक्तिको विस्तृत अभिलेख तयार पारिएको छ।

तेह्रथुम जिल्लामा अपाङ्गता भएका नागरिकलाई समावेशी समाजमा समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारको साझेदारीमा सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ मार्फत अपाङ्गता भएका नागरिकको अभिलेखीकरण, परिचयपत्र वितरण तथा पुनःस्थापना सेवा विस्तार गरिएको छ। समावेशी समाज निर्माणका लागि चालिएका यी प्रयासहरूले दुर्गम क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा र सामाजिक अधिकारमा पहुँच सहज बन्दै गएको छ।

स्थानीय तहमार्फत सञ्चालित बहुआयामिक अभियानअन्तर्गत हालसम्म तेह्रथुमका छ वटै स्थानीय तहमा रहेका एक हजार ७९३ जना अपाङ्गता भएका व्यक्तिको विस्तृत अभिलेख तयार पारिएको छ। अभिलेखीकरणसँगै लक्षित वर्गसम्म सरकारी सुविधा पुर्‍याउन एक हजार ७६३ जनालाई औपचारिक रूपमा अपाङ्गता परिचयपत्र समेत वितरण गरिसकिएको छ।

यस अभियानलाई प्रभावकारी बनाउन सामाजिक संस्था करुणा फाउन्डेसन र स्थानीय प्रशासनले संयुक्त रूपमा विभिन्न सेवाहरू प्रदान गर्दै आएका छन्। यसअन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूको परिचालन, सहायक सामग्री वितरण, मानसिक स्वास्थ्य परामर्श, विशेष स्वास्थ्य शिविर तथा अल्पकालीन सीपमूलक तालिमहरू निरन्तर सञ्चालन भइरहेका छन्।

प्रदेश सरकार, स्थानीय तह र फाउन्डेसनको त्रिपक्षीय समन्वयमा आर्थिक वर्ष २०८१/८२ देखि जिल्लाभर सुरु गरिएको यो कार्यक्रममा हालसम्म कुल एक करोड ७४ लाख ११ हजार रुपैयाँ बजेट परिचालन भइसकेको छ। कार्यक्रम संयोजक केदार भण्डारीका अनुसार विनियोजित रकमको प्रत्यक्ष उपयोगमार्फत दुर्गम गाउँसम्मै पुनःस्थापना सेवा पुर्‍याइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका यी १३ विमानस्थल मात्रै नाफामा
देशभरका यी १३ विमानस्थल मात्रै नाफामा
सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस
सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, असार १६ गते सुनुवाई हुने
सिर्जना सिंहका ७ संकल्प
सिर्जना सिंहका ७ संकल्प
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा,  प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा, प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
सरकारले सचिवमा बढुवा र सरुवा एकैसाथ गर्यो, को कहाँ!
सरकारले सचिवमा बढुवा र सरुवा एकैसाथ गर्यो, को कहाँ!
मनोनयन दर्ताका लागि सरकारी गाडीको प्रयोग
मनोनयन दर्ताका लागि सरकारी गाडीको प्रयोग
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा

तपाईंले छुटाउनुभयो कि?