‘सुपर कमेडी लिग’ को घोषणा: महानायक राजेश हमालको नेतृत्वमा नेपालको पहिलो कमेडी एक्ट रियालिटी शो आउँदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २४, २०८३
|
|
५८ पटक हेरिएको
Shares
‘सुपर कमेडी लिग’ को घोषणा: महानायक राजेश हमालको नेतृत्वमा नेपालको पहिलो कमेडी एक्ट रियालिटी शो आउँदै

सारांश

  • नेपालमा पहिलोपटक समूहमा आधारित फरक शैलीको हास्य प्रस्तुति दिने उद्देश्यसहित नयाँ रियालिटी शो निर्माण हुने भएको छ।
  • ‘सुपर कमेडी लिग’ नाम दिइएको यस कार्यक्रमले परम्परागत स्ट्यान्डअप कमेडियनभन्दा फरक शैलीका ‘कमेडी एक्टर’ खोज्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।
  • ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ओपन डोर्स इन्टरटेनमेन्ट प्रा.
नेपालमा पहिलोपटक समूहमा आधारित फरक शैलीको हास्य प्रस्तुति दिने उद्देश्यसहित नयाँ रियालिटी शो निर्माण हुने भएको छ। ‘सुपर कमेडी लिग’ नाम दिइएको यस कार्यक्रमले परम्परागत स्ट्यान्डअप कमेडियनभन्दा फरक शैलीका ‘कमेडी एक्टर’ खोज्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।
ललितपुरमा आयोजित एक कार्यक्रमका बीच ओपन डोर्स इन्टरटेनमेन्ट प्रा.लि.ले यस शोको औपचारिक घोषणा गरेको हो। भदौको अन्तिम सातादेखि राष्ट्रिय टेलिभिजन र युट्युबमार्फत नियमित प्रसारण हुने यस कार्यक्रमले नेपाली हास्य क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
यस शोको मुख्य निर्णायक तथा ‘लिग प्रेसिडेन्ट’को भूमिकामा महानायक राजेश हमाल रहनुहुनेछ। विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्तले प्रतिस्पर्धीहरूलाई मार्गदर्शन गर्ने क्याप्टेनको जिम्मेवारी सम्हाल्नुहुनेछ।
नयाँ प्रतिभा चयनका लागि साउन २९ देखि दमक, नारायणगढ, नेपालगञ्ज, पोखरा र काठमाडौंसहित पाँच मुख्य शहरमा भौतिक अडिसन सञ्चालन गरिँदैछ। देशबाहिर र टाढा रहेका इच्छुक प्रतिभाहरूका लागि डिजिटल अडिसनको समेत व्यवस्था मिलाइएको छ।
निर्देशक एलिन श्रेष्ठका अनुसार अडिसनबाट छानिएका ३२ प्रतिस्पर्धीलाई चार टोलीमा विभाजन गरी स्केच र ड्रामेडी शैलीमा प्रतिस्पर्धा गराइनेछ। यस पारिवारिक मनोरञ्जनात्मक कार्यक्रमले नयाँ र स्थापित कलाकारको समन्वयबाट दर्शकलाई उत्कृष्ट हास्य अनुभव गराउनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?