अध्यक्षबाट राजीनामा देलान त कमल थापाले ? यस्ता छन आरोपहरु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २१, २०७४
|
|
३८ पटक हेरिएको
Shares
अध्यक्षबाट राजीनामा देलान त कमल थापाले ? यस्ता छन आरोपहरु

सारांश

  • काठमाडौं, पुुस २१ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाको राजिनामा माग भएको छ ।
  • केन्द्रिय समितिको बैठक आज सकिने भएको छ ।

काठमाडौं, पुुस २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाको राजिनामा माग भएको छ ।

केन्द्रिय समितिको बैठक आज सकिने भएको छ । केन्द्रीय सदस्य र पदाधिकारीहरुले उठाएका विषयमा अध्यक्ष कमल थापाले जवाफ दिएपछि केही निर्णयहरु गर्दै आज बैठक सकिन लागेको हो ।

आजको बैठकमा बोल्न बाँकी केही केन्द्रीय सदस्य र पदाधिकारीहरुले बोलेपछि अध्यक्ष थापाले जवाफ दिने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । बैठकमा बोल्ने अधिकांश नेताहरुले अध्यक्ष थापाले राजीनामा दिनुपर्ने माग गरेका छन् भने पार्टीलाई नयाँ नेतृत्वसहित अगाडी बढाउनु पर्नेमा जोड दिएका छन् ।

अध्यक्ष थापाको एकलौटी स्वभावका कारण पार्टीमा भाँडभैलो भएको र पार्टी विभाजन भएको उनीहरुको आरोप छ । त्यसैगरी सत्ताका लागि जोसुकैसँग जतिबेला पनि मिलिदिन सक्ने चरित्रका थापाले देखाएकाले कांग्रेससँगको गठबन्धन बलियो बन्न नसकेको अधिकांश केन्द्रीय सदस्यहरुले टिप्पणी गरेका छन् ।

त्यस्तै अध्यक्ष थापाले हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डा पनि छोडेको र सिद्धान्तहिन राजनीति गरेको भन्दै केन्द्रिय सदस्यहरुको आरोप छ । उनीहरुले उठाएको जवाफ दिनेक्रममा अध्यक्ष थापाले राजीनामा नै घोषणा गर्ने सम्भावना भने कम रहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?