अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
४० पटक हेरिएको
Shares
अब नेपालकाे विद्युत् बंगलादेशले खरिद गर्ने

सारांश

  • काठमाडाै, २५ साउन ।
  • नेपाल–बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा आज (शुक्रबार) हस्ताक्षर भएको छ ।
  • समझदारीपत्रमा नेपालका तर्फबाट उर्जामन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका छन् ।

काठमाडाै, २५ साउन । नेपाल–बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा आज (शुक्रबार) हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट उर्जामन्त्री बर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका छन् ।समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषयहरु समावेश छन् । ऊर्जा मन्त्री वर्षमान पुनले दुई देशबीच गठन हुने सचिव र सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठक नेपालमा हुने बताए ।‘यसबारे औपचारिक प्रस्ताव कुटनीतिक संयन्त्रमार्फत पठाइने छ’, उनले भने । मन्त्री पुनले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा सहकार्यको लागि पनि छलफल अघि बढाइने बताए । उर्जा समाझदारीमा हस्ताक्षर गर्ने बंगलादेश तेस्रो मुलुक हो । यसअघि भारत र चीनले पनि यस्तै उर्जा सहकार्यसम्बन्धी सम्झौताहरु भइसकेको छ ।

समझदारीमा हस्ताक्षरपछि बोल्दै बंगलादेशी ऊर्जा राज्यमन्त्री हमिदले नेपाल र बंगलादेशमा स्थायी सरकार रहेकाले दुवै देशबीचको ऊर्जा सहकार्यले मूर्तरुप लिने विश्वास व्यक्त गरेका छन् । उनले भारत हुँदै आफ्नो देशमा ऊर्जा भित्र्याउन भारतीय पक्षसँग छलफल गर्ने बताए । ‘आगामी बिमस्टेक बैठकमा बंगलादेशले यो बिषय कुरा राख्छ,’ उनले भने ।

विद्युतको उच्च माग भएपछि बंगलादेश पछिल्ला वर्षमा विद्युत् आपूर्तिको विकल्प खोज्दै छ । बंगलादेशले विद्युत् भित्र्याउन भुटानमा पनि जलविद्युत् आयोजना निर्माणमा लगानी गरेको छ । नेपालमा आगामी केही वर्षभित्र उत्पादित विद्युत् बढी हुने अनुमान छ । स्वदेशी लगानीमा निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले उत्पादन थालेपछि मागभन्दा आपूर्ति धेरै हुने अनुमान गरिएको छ ।

नेपालमा खपत भएर बाँकी भएको विद्युत् बंगलादेश निर्यात गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो । बंगलादेश पक्ष र ऊर्जा मन्त्रालयबीच नेपालमा बंगलादेशले लगानी गर्न सक्ने सम्भावित जलविद्युत् आयोजनाको विषयमा पनि छलफल हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच पनि ऊर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो । यो सम्झौता अनुसारअनुसार नेपाल र चीनबीच पनि सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र रहेका छन् ।

यसअघि नेपाल–भारतबीच यस्तो सहकार्य हुँदै आएको छ । नेपाल र भारतका ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त संयन्त्रले दुई देशको ऊर्जासम्बन्धी मुद्दा छलफल गर्दै आएको छ । नेपाल र बंगलादेशबीच सहकार्य समझदारीमा हस्ताक्षर गर्ने गरी लामो समयदेखि तयारी भइरहेको थियो । नेपाल र बंगलादेशबीच यसबारे पटक–पटक छलफल हुँदै आएको थियो ।

बंगलादेशले आफूलाई अपुग विद्युत् भारतसँग पनि खरिद गर्दै आएको छ । भारतसँग बंगलादेशले ६ सय मेगावाट बढी विद्युत् खरिद गर्दै आएको छ । बंगलादेशले भारतीय विद्युत् व्यापार निगमसँग भारतीय कम्पनीले नेपालमा निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।भारतीय कम्पनी जीएमआरले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणको जिम्मा पाएको छ । समझदारीअनुसार माथिल्लो कर्णालीबाट उत्पादित ३ सयदेखि ५ सय मेगावाटसम्म विद्युत् बंगलादेशले खरिद गर्नेछ ।

सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनको क्रममा नेपाल र बंगलादेशबीच ऊर्जा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमता बराबरका दुई आयोजना निर्माण गर्ने उल्लेख थियो ।बंगलादेशले निर्माण गर्ने गरी १ हजार ११० मेगावाटको सुनकोशी दोस्रो र ५३६ मेगावाटको सुनकोशी तेस्रो आयोजना प्रस्ताव गरिएको थियो । दुवै आयोजना बंगलादेशले निर्माण गरी उत्पादित विद्युत् बंगलादेश लैजाने गरी सहमतिमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
प्रदेश नम्बर २ का लागि नयाँ शक्ति पार्टीका २० योजना
प्रदेश नम्बर २ का लागि नयाँ शक्ति पार्टीका २० योजना
जुन नेपाली परिवारका आठैजना कोरोनाभाइरसको सङ्क्रमणपछि निको भए
जुन नेपाली परिवारका आठैजना कोरोनाभाइरसको सङ्क्रमणपछि निको भए
लागुऔषधसहित चारजना पक्राउ
लागुऔषधसहित चारजना पक्राउ
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
नयाँ प्रधानमन्त्री निर्वाचनमा सुवास नेम्बाङको दाबी !
नयाँ प्रधानमन्त्री निर्वाचनमा सुवास नेम्बाङको दाबी !
सप्तकोशी नदीको पानी  पाँच बर्षयता कै ठुलो,ढोका खोल्न प्रशासन सँग माग
सप्तकोशी नदीको पानी पाँच बर्षयता कै ठुलो,ढोका खोल्न प्रशासन सँग माग
सन्दीप लामिछानेले थुनामा नबसी मुद्दा लड्न पाउने
सन्दीप लामिछानेले थुनामा नबसी मुद्दा लड्न पाउने
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी