लागुऔषधसहित चारजना पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १३, २०८०
|
|
५४ पटक हेरिएको
Shares
लागुऔषधसहित चारजना पक्राउ

सारांश

  • काठमाडाैँ ।
  • देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् ।
  •  पर्साकाे वीरगञ्ज महानगरपालिका-१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुर्फिन १ हजार ४ सय एम्पुलसहित सोही महानगरपालिका-१६ बस्ने २५ वर्षीय बब्लु पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडाैँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साकाे वीरगञ्ज महानगरपालिका-१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुर्फिन १ हजार ४ सय एम्पुलसहित सोही महानगरपालिका-१६ बस्ने २५ वर्षीय बब्लु पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१ ज २०३७ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा गाडीको ईन्जिन माथिको बर्नटको दुबैपट्टीको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक पाठकलाई पक्राउ गरेको हो । उनी उपर लागुऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।      

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ तिल्के तालबाट अवैध लागुऔषध ब्राउनसुगर ९ ग्राम ७ सय ४० मिलिग्रामसहित कंचनपुर शुक्लाफाँटा नगरपालिका-५ बस्ने ४९ वर्षीय जयराज भट्टलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका-८ बुद्धचोक बस्ने २० वर्षीय उमेश घलेलाई अवैध लागुऔषध ब्राउनसुगर १ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

दाङकाे दगीशरण गाउँपालिका-३ हेकुलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय श्रृखल पौडेललाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, मलंगवा नगरपालिका-८ झिलमिलियाबाट अवैध लागूऔषध गाँजा २० केजी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले झोला फाली फरार भए पश्चात प्रहरीले झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल
विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल
बाबुको मुख हेर्ने दिनमा पारसले किन राखे ज्ञानेन्द्रसँगको यो तस्बिर
बाबुको मुख हेर्ने दिनमा पारसले किन राखे ज्ञानेन्द्रसँगको यो तस्बिर
आज रङहरुको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै
आज रङहरुको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै
देशमा अहिले बलमिच्याइँले बनेको सरकार छः ओली
देशमा अहिले बलमिच्याइँले बनेको सरकार छः ओली
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
विद्युत् चुहिएर किराना पसलमा आगलागी
विद्युत् चुहिएर किराना पसलमा आगलागी
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध
अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध
हेर्नुस् गेष्टहाउसबाट कसरी पुग्छन् नेपाली किशोरी भारत! ५० हजारसम्ममा बेचिन्छन्
हेर्नुस् गेष्टहाउसबाट कसरी पुग्छन् नेपाली किशोरी भारत! ५० हजारसम्ममा बेचिन्छन्

तपाईंले छुटाउनुभयो कि?