आशलाग्दो छ नयाँ वर्ष २०७५ साल! प्रधानमन्त्री ओलीको बुलन्द हौसला!

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख १, २०७५
|
|
४६ पटक हेरिएको
Shares
आशलाग्दो छ नयाँ वर्ष २०७५ साल! प्रधानमन्त्री ओलीको बुलन्द हौसला!

सारांश

  • संविधान कार्यान्वयनमा गति राजनीतिक स्थिरता सुनिश्चित वाम सरकारलाई दुईतिहाइ मत छ ।
  • स्थिर सरकारलाई विकास, र सुशासनमा सकारात्मक परिणाम ल्याउन तुलनात्मक रूपमा सजिलो हुन्छ ।
  • सरकारको आयु छोटो भएकै कारण बहुसंख्यक कर्मचारीले असहयोग गरेको पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अनुभव छ ।

संविधान कार्यान्वयनमा गति राजनीतिक स्थिरता सुनिश्चित
वाम सरकारलाई दुईतिहाइ मत छ । स्थिर सरकारलाई विकास, र सुशासनमा सकारात्मक परिणाम ल्याउन तुलनात्मक रूपमा सजिलो हुन्छ । सरकारको आयु छोटो भएकै कारण बहुसंख्यक कर्मचारीले असहयोग गरेको पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अनुभव छ । ‘एउटा दस्तखत गर्न पनि विदेश भ्रमणको आस राख्ने कर्मचारी पनि भोगियो,’ थापा भन्छन्, ‘मन्त्री पाँच वर्षका लागि भन्ने मात्र परेको भए त्यो हदको छाडा हुन सक्दैन थिए ।’

मन्त्रिपरिषद्को अनुहार तुलनात्मक रूपमा आशालाग्दो
प्रधानमन्त्री केपी ओलीले छानेका अनुहारले पनि आशा जगाएको छ । अर्थशास्त्री डा. युवराज खतिवडा पार्टीबाहिर पनि आसलाग्दो अनुहारको छवि बनाएका गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, लालबाबु पण्डित मन्त्री छन् । माओवादी कोटामा मन्त्री बनेका रामबहादुर थापा, मातृका यादव पनि आर्थिक मामिलामा विवादित छैनन् । वर्षमान पुन पनि ऊर्जाशील छन् । उनीहरू सर्वसाधारणलाई निराश हुन नदिन केही गर्न दबाबमा छन् ।

आन्दोलनरत असन्तुष्ट समूह पनि मूलधारमा प्रवेश
०६२/६३ को परिवर्तनदेखि आन्दोलनमा रहेका असन्तुष्ट समूह राजनीतिक प्रणालीमा मूल प्रवाहमा छिरेका छन् । प्रदेश २ को सरकार हाँकिरहेका मधेसी दल संघीय सरकारमा पनि जान तयार छन् । सरकार पनि फोरमलाई सरकारमा जोड्न इच्छुक देखिन्छ । संविधान संशोधनको प्रतिकारमा उत्रिएको एमाले नै संशोधनमार्फत मधेसी पार्टीको मुद्दालाई किनारा लगाउन उदार देखिएकाले मधेसको असन्तुष्टि सम्बोधन हुने देखिन्छ ।

प्रधानमन्त्रीको बुलन्द हौसला

प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा केही गरेर छाड्नेमा प्रतिबद्ध देखिन्छन् । आफ्नो अहिलेको जिन्दगीलाई नाफाको आयु भन्ने गरेका ओलीले व्यक्तिगत लोभलालचबाट मुक्त भइसकेको घोषणा गरेका छन् । प्रधानमन्त्रीय पद्धतिअनुसार अधिकारको प्रयोग गर्न थालेका छन् । पछिल्लोपटक सचिवको सरुवा प्रधानमन्त्रीले चाहेअनुसार भयो, यसअघि मन्त्रीले आफूअनुकूलका सचिव छान्ने, मिलेमतोमा अनियमितता गर्ने प्रवृत्ति थियो । सचिवमार्फत मन्त्रीको कार्यसम्पादन ‘चेक’ गर्ने शैली नरेन्द्र मोदीले पनि अपनाएका छन् । ओलीले पनि त्यही शैली पछ्याएका छन् । साँच्चिकै लोभलालच त्याग्न सके सकारात्मक परिणाम ०७५ मा देखिनेछ । अघिल्लोपटक प्रधानमन्त्री हुँदा ठूला पूर्वाधारको सपना बाँडेका ओलीको अभियान जारी छ । सपना देख्नु खराब होइन।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी  सिर्जना दनुवारलाई
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी सिर्जना दनुवारलाई
राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप:सडकमै आगो बाले
राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप:सडकमै आगो बाले
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
शुक्रबारको राशिफल
शुक्रबारको राशिफल
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
३ सय ५० रूपैयाँका कारण सलमान खानकाे ‘भारत’ काे सुटिङ राेकियाे !
३ सय ५० रूपैयाँका कारण सलमान खानकाे ‘भारत’ काे सुटिङ राेकियाे !
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको संख्या १३ सय नाघ्यो
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको संख्या १३ सय नाघ्यो
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
शिवरात्री: पशुपतिमा साधुको भीड, ६ हजार सुरक्षाकर्मी खटिने

तपाईंले छुटाउनुभयो कि?