उद्यमी बन्न चाहनेलाई सरकारले बिना धितो ऋण दिने
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं । उद्यम गर्न चाहने युवालाई सरकारले बिनाधितो पाँच देखि १० लाख रुपैयाँसम्म ऋण दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि बिना धितो ऋण लगानी गर्ने बताएका हुन ।
काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री विष्टले धेरै युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको बताउँदै सानो पूँजीको अभावमा कोही पनि युवा उद्यमशील बन्नबाट बञ्चित हुनु नपर्ने बताए ।
श्रमलाई सम्मान गर्न सिक्ुन पर्ने समेत उनको भनाई थियो । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने सरकारको प्राथमिकता रहेको मन्त्री विष्टले दोहो¥याए ।
प्रतिक्रिया