उ रोयो आमाको काख नपाएर… अनि उ सङ्गै रोयो सिङ्गो देश !!!
सारांश
- वैशाख ३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उनी २४ गते नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् ।
- घर पुगेपछि ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो।
- उपचारपछि समेत विभिन्न शारीरिक समस्या आएपछि बिहीबार थप उपचारका लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो ।
वैशाख ३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उनी २४ गते नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् । घर पुगेपछि ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि समेत विभिन्न शारीरिक समस्या आएपछि बिहीबार थप उपचारका लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो ।
यो नेपालमा कोरोना भाइरसका कारण मृत्यु भएको पहिलो घटना हो । मृत्यु आफैमा दुखद घटना हो तर कोरोना कारण मृत्यु भएकाहरुको बिदाई झनै हृदयविदारक छ । संसारभरको अभ्यासलाई मध्यनजर गर्दै सरकारले तय गरेको शव व्यवस्थापन कार्यविधि अनुसार परिवारका सदस्यले समेत मृतकलाई छुन पाउने छैनन् ।

सुरक्षा र स्वास्थ्यकर्मी सहित एकदम कम मात्रामा परिवारका सदस्य अन्तिम संस्कारमा सहभागी हुन पाउनेछन् । सहभागी सबैले पन्जा,चस्मा,टोपी, मास्क र पीपीई अनिवार्य प्रयोग गर्नुपर्नेछ । परिवारका आफन्तले एक मिटर टाढाबाट नछोई अन्तिम संस्कारमा सहभागी हुनुपर्नेछ ।
आज यसरी गरिएको थियो पशुपति विद्युतीय शव दाहगृहमा पहिलो कोरोना संक्रमित महिला मृतकको अन्तिम संस्कार….
प्रतिक्रिया