एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २३, २०७४
|
|
५१ पटक हेरिएको
Shares
एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?

सारांश

  • आगामी २८ गतेदेखि शुरु हुने गैरआवासिय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनको चुनावी सरगर्मी बढेको छ ।
  • एनआरएनको विश्व सम्मेलनका लागि विश्वभर रहेका महाधिवेशन प्रतिनिधिहरु नेपाल आइसकेका छन् ।
  • यस पटकको चसम्मेलनमा एनआरएनको अध्यक्ष पदका लागि ३ जना चुनावी मैदानमा उत्रने भएका छन् ।

आगामी २८ गतेदेखि शुरु हुने गैरआवासिय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनको चुनावी सरगर्मी बढेको छ । एनआरएनको विश्व सम्मेलनका लागि विश्वभर रहेका महाधिवेशन प्रतिनिधिहरु नेपाल आइसकेका छन् ।

यस पटकको चसम्मेलनमा एनआरएनको अध्यक्ष पदका लागि ३ जना चुनावी मैदानमा उत्रने भएका छन् । एनआरएनको अध्यक्ष पदका लागि अध्यक्ष शेष घलेले आफ्नी श्रीमती जमुनालाई अघि सारेका छन् ।

अध्यक्षका पदका लागि अध्यक्ष घले पत्नी जमुनासँगै एनआरएनका वर्तमान उपाध्यक्ष भवन भट्ट र टीबी कार्की समेत चुनावी मैदानमा उत्रने भएका छन् ।

भट्ट एनआरएनको दुई कार्यकाल सम्म उपाध्यक्ष भएका व्यक्ति हुन भने कार्की एनआरएनको सातौ विश्व सम्मेलनमा अध्यक्ष घलेसँग पराजित भएका व्यक्ति हुन् । अध्यक्षमा उम्मेदवारी दिएका भट्टलाई अर्का उपाध्यक्ष कुमार पन्तले सहयोग गर्ने भट्ट निकट श्रोतले बताएको छ ।

श्रोतका अनुसार भट्ट र पन्तबीच भएको भित्रि सहमति अनुसार यसपटक पन्तले अध्यक्षमा भट्टलाई सहयोग गर्ने र अर्को अधिवेसनमा भट्टले अध्यक्षमा पन्तलाई सहयोग गर्ने भएका छन् । भट्टलाई एनआरएन संरक्षक जीवा लामिछानेको पनि समर्थन रहेको छ ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भट्ट जापानको रेष्टुरेन्ट व्यवसायबाट आर्थिक क्षेत्रमा फड्को मारेका हुन् । नेपालमा सञ्चारमा क्षेत्रमा पनि लगानी गरेका भट्ट नेपाल पुर्वाधार कम्पनीको अध्यक्ष पनि बनिसकेका थिए । भट्टको लगानी रहेको बिबि एअरलान्स भने गति लिन नसकि बन्द अवस्थामा रहेको छ ।

अध्यक्षका अर्का प्रत्यासी टीबी कार्की एनआरएनको स्थापनाकाल देखि संस्थामा आवद्ध छन् । कार्कीको कतारमा निर्माण कम्पनी द बेच जनरल सर्भिस छ भने अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेकी अध्यक्ष घलेकी श्रीमती जमुना अष्ट्रेलियामा धनाढ्य महिलाहरुको सुचिमा पर्छिन ।

घले अष्ट्रेलियाको प्रख्यात मेलर्बन इन्सिच्युट अफ टेक्नोलोजीको प्रवन्धक हुन् । घले अष्टे«लियामा ११ औं धनाढ्य महिलाको सुचिमा छिन् । घले दम्पतीको २ सय ६५ मिलियन डलर सम्पत्ती रहेको छ । एनआरएनको विश्व सम्मेलन आगामी २८ गतेदेखि ३१ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
कञ्चनपुर छोटी भन्सार कार्यालयका कर्मचारी भन्छन् ‘अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ’
भन्छु आजै भन्दै पल र पूजाले के भने त दर्शकलाई ?
भन्छु आजै भन्दै पल र पूजाले के भने त दर्शकलाई ?
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
मधेस प्रदेश : बक्यौता भुक्तानी गर्न माग
मधेस प्रदेश : बक्यौता भुक्तानी गर्न माग
खोप लगाएको कार्डबिना सार्वजनिक स्थानमा प्रवेश निषेध
जुवाको खालबाट १२ जना पक्राउ
जुवाको खालबाट १२ जना पक्राउ
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने

तपाईंले छुटाउनुभयो कि?