कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता हुने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता हुने

सारांश

  • भक्तपुर, ६ पुस ।
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
  • स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ ।

भक्तपुर, ६ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ ।

बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले आज रासससँग कुरा गर्दै उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण, रुजु र इन्ट्री गर्ने काम भइरहेको जानकारी दिए । उनले ढिलोमा पुसको तेस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए ।

नतिजा सार्वजनिक गर्न ढिलाइ हुँदा परीक्षाफल प्रकाशित भएको एक महिनामा आउने मौका परीक्षा, त्यसपछि कक्षा १२ को परीक्षा, शिक्षाशास्त्र पढ्नेहरुको त्यही बीचमा पर्ने एकमहिने टिचिङ प्राक्टिस जस्ता कारणले विद्यार्थीको पढाइमा धेरै बोझ थपिने भए पनि बोर्डले यसतर्फ ध्यान नदिएको विद्यार्थीले गुनासो गरेका छन् । तर नियन्त्रक बतासले भने कक्षा ११ को नतिजामा ढिलाइ हुँदा विद्यार्थीलाई कुनै असर नपर्ने बताउँछन् ।

उनी भन्छन्,  “विद्यार्थीलाई असर पर्न सक्ला भनेर आंशिकको नतिजा सार्वजनिक गरिसकेका छौँ, नियमित परीक्षाको नतिजा ढिलाइ हुँदा विद्यार्थीलाई खासै असर पर्दैन, हामी विद्यार्थीलाई असर पर्ने काम गर्दैनौँ ।”

बोर्डका कर्मचारी र कापी परीक्षण गर्ने शिक्षक, सम्परीक्षण गर्ने प्राध्यापक चुनावमा खटिँदा नतिजा सार्वजनिक गर्न ढिलाइ भएको उनको भनाइ छ । परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए ।

यसअघि गत मंसिर १८ गते बोर्डले कक्षा ११ आंशिकको नतिजा सार्वजनिक गरेको थियो । आंशिक परीक्षामा एक लाख एक हजार ३७५ विद्यार्थी सहभागी भएकामा ३६ हजार ७४ जना अर्थात् ३५।५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?