कस्तो रहला आज देशभरको मौसम?

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ४, २०८०
|
|
४७ पटक हेरिएको
Shares
कस्तो रहला आज देशभरको मौसम?

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ।

यस्तै, रातिको समयमा देशका केही भागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?