काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १५, २०७९
|
|
५६ पटक हेरिएको
Shares
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन्।
  • नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन्।

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन्। नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन्।
उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहरको संकल्प अघि सारेकी छिन्। त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुनत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील महानगरबासीको संकल्प अघि सारेकी हुन्।
उनले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खण्डमा फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा राख्ने बताइन्। त्यसका लागि उनले जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा अघि सारेकी छिन् । ‘घरबाट निस्किएको फोहोर घरभित्रै व्यवस्थापन गर्न सकियो भने सयमा सय म्यानेजमेन्ट गरियो भने फोहोर जिरो हुनेछ ,’ सिंहले भनिन् ।
काठमाडौं महानगरभित्र देखिएको बाटोघाटो समस्या पनि समाधान गर्ने उनको प्रतिबद्धता छ। ‘काठमाडौंलाई हिड्न योग्य सहर बनाउनेछु। प्रदूषणरहित सहर, ट्राफिक जाममुक्त सहर बनाउनेछु । जताततै खाल्टाखुल्टी रहेको सडक व्यवस्थापन गर्नतिर लाग्नेछु,’ सिंहले आफ्नो प्रतिबद्धतामा भनिन्।
आफू महिला प्रतिनिधि भएकाले महिलाको पीडा देखेको र भोग्दै आएको भन्दै ती समस्या समाधानका लागि प्राथमिकता दिने बताइन् । ‘एउटा महिला प्रतिनिधि भएकाले महिलाहरूको लागि विशेष योजना अघि सार्नेछु । काठमाडौंमा विभिन्न किसिमका महिलाहरू छन् । आर्थिक विपन्नता भएका महिलाहरू पनि छन्,’ उनले भनिन्, ‘विपन्न वर्गका महिलाहरूलाई लक्षित गरेर श्रमको सम्मान गर्दै विशेष राहत प्याकेज ल्याउनेछु । घरमा बस्ने महिलाको श्रमको कुनै सम्मान छैन । उनीहरूका लागि विशेष प्याकेज ल्याउनेछु।’
काठमाडौंमा रहेका विदुर पुरुषहरू पनि समस्या रहेको भन्दै उनीहरूको लागि समेत विशेष राहतको प्याकेज ल्याउने बताइन् । सबैभन्दा पहिला काठमाडौंलाई मध्यरातमा पनि झिलिमिली सहरको रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ। ‘महिला दिदीबहिनीलाई राति एक्लै हिड्न सुरक्षा छैन। काठमाडौंमा सबैभन्दा पहिला झिलिमिली बनाउनेछु । राति पनि काम गर्ने महिलाहरूलाई सुरक्षित छ भन्ने बनाउँछु,’ उनले भनिन्।
आफू एक दिन रातभर एक्लै काठमाडौंमा हिँडेर मध्यरातमा पनि महिलाको लागि सुरक्षित छ भन्ने सन्देश दिने उनले बताइन् । बालबच्चासहितका श्रमिक महिलाहरूको लागि समेत विशेष व्यवस्था गर्ने उनको योजना छ। ‘काठमाडौंमा सामुदायिक स्कूलसँग समन्वय गरेर शिशु स्याहार केन्द्र स्थापना गर्नेछु। जसले गर्दा आमालाई आफ्नो बच्चा सुरक्षित छ भन्ने हेक्का हुनेछ,’ उनले भनिन्।
महानगरमा बेरोजगार युवाहरूको सिप अनुसारको स्वरोजगार बनाउने उनको भनाइ छ। खेलकुद क्षेत्रमा पनि विशेष कार्ययोजना बनाउने उनको भनाइ छ। त्यस्तै ज्येष्ठ नागरिकहरूलाई रिफ्रेस हुनको लागि रिफ्रेसमेन्ट सेन्टर बनाउने उनको योजना छ। उनीहरूको स्वास्थ्यमा पनि विशेष योजना अघि सार्ने उनको भनाइ छ।
त्यस्तै विपन्न परिवारहरूलाई वडा वडाहरूमा निःशुल्क स्वास्थ्यको व्यवस्था गराउने उनको भनाइ छ । सुविधासम्पन्न अस्पताल निर्माण गर्नतिर पनि ध्यान दिने बताइन्।
प्रत्येक सार्वजनिक स्थलमा शुद्ध खानेपानीको व्यवस्था गर्ने उनको योजना छ। काठमाडौंमा शौचालयको समस्या विद्यमान रहेको भन्दै त्यसका लागि सार्वजनिक स्थलमा निःशुल्क शौचालयको व्यवस्था गर्ने बताइन्।[image: 278927394_10160170193137329_8822949378847368431_n.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द
मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा,  प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
नेपाल पर्यो तीव्र आर्थिक वृद्धि हुने देशमा, प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि
ECP changes election schedule, polling date remains same
ECP changes election schedule, polling date remains same
ताप्लेजुङ, अछाम,डोटी,रोल्पा,दाङ,इलामको ताजा मत पारीणाम
ताप्लेजुङ, अछाम,डोटी,रोल्पा,दाङ,इलामको ताजा मत पारीणाम
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
देउवा दम्पतीको अर्को ठूलो निर्णयः जयवीरले बुबाको विरासत जोगाउलान ?
देउवा दम्पतीको अर्को ठूलो निर्णयः जयवीरले बुबाको विरासत जोगाउलान ?
भारत सरकारले अनुमति नदिँदा महाकालीमा पल बन्न सकेन !
भारत सरकारले अनुमति नदिँदा महाकालीमा पल बन्न सकेन !
कपिलवस्तुमा २७ हजार ६ सय १७ मत बदर

तपाईंले छुटाउनुभयो कि?