कामचलाउ सरकारले गरेका सबै निर्णय बदर हुन्छन् : एमाले नेता गौतम
सारांश
- काठमाडौं, १६ माघ ।
- नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता वामदेव गौतमले कामचलाउ सरकारले गरेका सबै निर्णयलाई नयाँ सरकारले बदर गर्ने बताएका छन् ।
- बैठकले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले कुनै पनि हिसावले औचित्य पुष्टि नहुने र अनैतिक निर्णय गरेको नेता गौतमको भनाई छ ।
काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता वामदेव गौतमले कामचलाउ सरकारले गरेका सबै निर्णयलाई नयाँ सरकारले बदर गर्ने बताएका छन् ।
बैठकले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले कुनै पनि हिसावले औचित्य पुष्टि नहुने र अनैतिक निर्णय गरेको नेता गौतमको भनाई छ । सरकारको उक्त निर्णयप्रति एमालेको स्थायी कमिटी बैठकले खेद ब्यक्त गरेको नेता गौतमले बताए । “अनधिकृत रुपमा कामचलाउ सरकारले गरेका सबै निर्णयहरु नयाँ सरकार बनेपछि बदर हुन्छन्”, गौतमले भने ।
दैनिक कामचलाउ निर्णय बाहेक कामचलाउ सरकारले अरु केही निर्णय गर्न नसक्ने गौतमले भने । उनले थपे, “यो सरकारले अनैतिक तवरले कुनै पनि हिसावले औचित्य पुष्टि हुन नसक्नेगरी निर्णय गरेको छ, ती सबै बदर हुन्छन् ।”
प्रतिक्रिया