काष्ठमण्डपको खम्बा विधिपूर्वक ठड्याइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
काष्ठमण्डपको खम्बा विधिपूर्वक ठड्याइयो

सारांश

  • माघ २७, काठमाण्डौ ।
  • वि.
  • सं.

माघ २७, काठमाण्डौ ।
वि.सं. २०७२ सालको भूकम्पले भत्काएको काठमाण्डौ वडा नं. २० स्थित काष्ठमण्डप पुनःनिर्माण गर्ने कार्य भइरहेको छ । उक्त पुनःनिर्माण कार्यको सिलसिलामा आज बसन्त पंचमीको शुभ साइत पारी हनुमान ढोका, कालभैरब परिसरमा काष्ठमण्डपमा ठड्याउनका लागि चार खम्बाहरुमध्ये तीन वटा खम्बाहरुको परम्परागत नेवारी शैलीमा विधिवत पुजा सम्पन्न भएको छ । चार मध्ये एउटा खम्बा भने पहिलानै काष्ठमण्डपमा राखिसकेका थिए । चार मूल खम्बाहरुमा तीनवटा नयाँ काठको बनेको छ भने एउटा भने पुरानै प्रयोग गरिएको छ ।


अब पुनर्निमाण पछि फेरि बिध्न वाधा नआवस भनि पुजाको साइतमा जिवित श्री गणेश श्री भैरवको पनि पुजा गरिएको छ । तर श्री कुमारीको भने उपस्थिति थिएन कारण श्री कुमारी जुनसुकै बेला कुमारीघरवाट निस्कन मिल्दैन । उहांको नाममा र उहांको स्थानमा मखं टोलको कुमारीलाई उपस्थिति गराइएको थियो ।


हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम, काठमाण्डौ महानगरपालिकाको आर्थिक अनुदानमा काष्ठमण्डप पुनःनिर्माण समितिले सो कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमको संयोजकमा प्रदेश नं. ३ का सभासद राजेश शाक्य रहनु भएको छ । उक्त कार्यक्रममा विभिन्न टोल टोलवाट सांस्कृतिक बाजागाजाहरुको समेत उपस्थिति रहेको छ । पुजा पश्चात उक्त खम्बाहरु हनुमानढोकावाट काष्ठवमण्डप पुनःनिर्माणस्थल लगेका छन ।
संकलकः गणेश शाक्य

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?