कोरियाको सहमतिपछि सबै आवेदकले ईपीएस परीक्षा दिन पाउने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २४, २०८०
|
|
५३ पटक हेरिएको
Shares
कोरियाको सहमतिपछि सबै आवेदकले ईपीएस परीक्षा दिन पाउने

सारांश

  • काठमाडौं।
  • रोजगार अनुमति प्रणाली इपिएस मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ।
  • इपिएसअन्तरगत जहाज निर्माणको भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा पनि सहभागी हुन पाउने भएका हुन्।

काठमाडौं। रोजगार अनुमति प्रणाली इपिएस मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ।

इपिएसअन्तरगत जहाज निर्माणको भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा पनि सहभागी हुन पाउने भएका हुन्।

बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा यसअघि पानी जहाज निर्माण क्षेत्रको भाषा परीक्षामा अनुतीर्ण भएकाहरुलाई पनि अब हुने उत्पादनमुलक क्षेत्रको परीक्षामा सहभागी गराउने सहमति भएको हो।

अब यो परीक्षा तीन चरणमा हुनेछ। परीक्षा माघको ६ गतेबाट सुरु हुनेछ। योसँगै इपीएसको परीक्षासम्बन्धी विवाद अब टु‌ङ्गिएको छ । बिभागका निर्देशक कविराज उप्रेतीले भाषा परीक्षासम्बन्धी देखिएको जटिलता टुंगिएको जानकारी दिए।

परीक्षामा सहभागी हुन यसवर्ष एक लाख ६४ हजार जनाको आवेदन परेको छ। पहिलो चरणमा ४७ हजार, दोस्रोमा ८० हजार र तेस्रो चरणमा ३७ हजार जनालाई उत्पादनमूलकतर्फ परीक्षा दिन लगाइनेछ।

यसअघि पानीजहाज निर्माणको परीक्षामा सहभागी भएका ३२ हजार जनाले उत्पादन क्षेत्रका लागि खुलाइएको भाषा परीक्षामा आवेदन दिन पाएका थिएनन्। त्यसरी बञ्चित भएकाहरुमध्ये केहीले उच्च अदालतमा रिट गरेकोमा अदालतले परीक्षामा सहभागी गराउन आदेश दिएको थियो।

अदालतको आदेशपछि परीक्षामा अनुतीर्ण भएका सबैले फारम भर्न पाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए। त्यही प्रदर्शनका क्रममा दुई जना युवाको ज्यान गुमेपछि यो विषय झन् जटिल बनेको थियो।

युवाको मृत्यु नै हुने गरी भएको विरोध प्रदर्शन र अदालतको आदेश समेतलाई ध्यानमा राख्दै सरकारले इपीएसको भाषासम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पहल लिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
सुशीला कार्की सरकारलाई भरौटे भनेका सूर्य थापाले सुदन गुरुङलाई दिए लठैतको संज्ञा
सुशीला कार्की सरकारलाई भरौटे भनेका सूर्य थापाले सुदन गुरुङलाई दिए लठैतको संज्ञा
बमजनको आश्रममा छापा मारेको प्रहरी टोली फर्कियो
बमजनको आश्रममा छापा मारेको प्रहरी टोली फर्कियो
धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता
धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
कर्मचारी विवादका कारण पाँचतारे होटल हायल बन्द
कर्मचारी विवादका कारण पाँचतारे होटल हायल बन्द
पुस ५ गते आइतवारको राशिफल यस्तो छ
पुस ५ गते आइतवारको राशिफल यस्तो छ
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव

तपाईंले छुटाउनुभयो कि?