गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ८, २०८०
|
|
५८ पटक हेरिएको
Shares
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु

सारांश

  • चितवन ।
  • गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् ।
  • ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन ।

चितवन । गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन ।

उनीहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिए ।

हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।

यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ । भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत रु ५१ हजार राहत रकम भुक्तानी गरिएको छ ।

यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उहाँले जानकारी दिए। जसको क्षतिबापत रु दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ । यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व मिस नेपाल श्रृंखलालाई किन साथ लगे ओलीले
पूर्व मिस नेपाल श्रृंखलालाई किन साथ लगे ओलीले
क्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पायो
लामिछानेविरुद्ध मुद्दा दायर, आजदेखि थुनछेक बहस हुने
लामिछानेविरुद्ध मुद्दा दायर, आजदेखि थुनछेक बहस हुने
पाकिस्तान श्रीलंका कूटनीति छलफलमा
पाकिस्तान श्रीलंका कूटनीति छलफलमा
उदयपुर,सिरहा र सप्तरीका पशुऔषधी पसल दर्ता नगरी संचालन
उदयपुर,सिरहा र सप्तरीका पशुऔषधी पसल दर्ता नगरी संचालन
ट्रयाक्टरबाट खसेर घाइते भएका बालकलाई मामाले जंगलमा फालेपछि…
ट्रयाक्टरबाट खसेर घाइते भएका बालकलाई मामाले जंगलमा फालेपछि…
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा १५ अर्ब लगानी गर्ने
चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा १५ अर्ब लगानी गर्ने
Theatre has 20 claims against Spacey
Theatre has 20 claims against Spacey
साढे १२ करोड भ्रष्टाचार, १३ जना विरुद्ध मुद्दा दायर
साढे १२ करोड भ्रष्टाचार, १३ जना विरुद्ध मुद्दा दायर

तपाईंले छुटाउनुभयो कि?