उदयपुर,सिरहा र सप्तरीका पशुऔषधी पसल दर्ता नगरी संचालन
सारांश
- उदयपुर ९,भदौ ।
- उदयपुर,सिरहा र सप्तरी, मा रहेका अधिकांश पशु औषधी पसलहरु दर्ता बिना नै संचालनमा रहेको पाईएको छ।
- उदयपुर मा रहेको जिल्ला भरीको करिब ३० ओटा भन्दा बडी सप्तरीमा रहेका करिव ७० वटा भन्दा बडी पसलहरु दर्ता बिनै संचालनमा रहेका छन् ।
उदयपुर ९,भदौ । उदयपुर,सिरहा र सप्तरी, मा रहेका अधिकांश पशु औषधी पसलहरु दर्ता बिना नै संचालनमा रहेको पाईएको छ।उदयपुर मा रहेको जिल्ला भरीको करिब ३० ओटा भन्दा बडी सप्तरीमा रहेका करिव ७० वटा भन्दा बडी पसलहरु दर्ता बिनै संचालनमा रहेका छन् ।उदयपुर ,सिरहा र सप्तरी, गरी तीन जिल्लामा संचालित १५० को हाराहारीमा पशु औषधी पसलहरु अनधिकृत रुपमा सञ्चालनमा रहेको पाइएको छ ।
पशु सेवा ऐन,नियम र पशु स्वास्थ्य कार्यक्रम कार्य विधि लागू हुनु पुर्व नै सञ्चालनमा आएका पशु औषधी पसलहरू कानुनी झन्झट हुने भएकाले दर्ता नगरी संचालनमा गरीरहेको पाइएको छ। दर्ता नै नगरिएका औषधि पसलहरु सञ्चालन हुँदा सरकारी राजश्वमा कमी आउनुका साथै त्यस्ता औषधीको प्रयोगले पशु चौपायामा समेत असर परेको पशु का जानकार हरु बताउँछन् ।
औषधी पसल दर्ता तथा नियमन गर्ने निकाय औषधी व्यवस्था विभागको वेवास्ताका कारण लामो समय भईसक्दा पनि औषधी पसल माथि केही कारबाही हुन नसकेको हो।
१६ वर्षअघिसम्म एसएलसी पास गरेर २ वर्षसम्म त्यस क्षेत्रमा काम गरेको व्यक्तिले औषधी पसल दर्ता गर्न पाउने व्यवस्था थियो’ तर अहिले कानून परिवर्तन भएपछि पनि पुरानै व्यवस्था अनुसार केहीले औषधी पसल संचालन गरिरहेको हुन सक्छन र त्यो कार्यलाई पनि नियमानुसार दर्ता गराउनु पर्ने उदयपुर का चन्द्रमणि गुरागाई ले बताए ।
पशु औषधी पसल सञ्चालनका लागि औषधी व्यवथापन विभागको फर्मासिस्टको व्यवस्था वा सो सरहको ३५ दिने तालिमको लिएको हुनुपर्ने नियम बनाएको छ। सोही नियमका कारण पुराना पसल सञ्चालक अप्ठ्यारोमा परेको गुरागाई को भनाई छ।सरकारी स्तरवाट दिईने ३५ दिने तालिम दर्तावाला पसल सञ्चालनकका लागि दिईदै आएको छ’ उनी भन्छन् ‘नियम लागू हुनभन्दा अगाडि संचालन भएका पसलमा फर्मासिस्ट रोखिएको छैन, तालिम पनि नपाएपछि दर्ता हुने संभावना पनि छोईन।
त्यस्ता पसललाई नियमन गर्न सरकारले औषधी ब्यवसायीको लागी चाहिने आवश्यक कानुन अनुसार सबै कुरा पुर्याउने लाई मात्र औषधी ब्यवसायीको सिफारिस राज्य ले दिनु जरुरी रहेको छ।
प्रतिक्रिया