गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ११, २०७५
|
|
३८ पटक हेरिएको
Shares
गोरखाली सैनिकमाथि हुँदै आएको विभेदविरुद्ध लडिरहने चेतावनी

सारांश

  • गोरखा भूतपूर्व सैनिक सङ्घले बेलायती सेना र गोरखा भूपू सैनिकबीच हुँदै आएको विभेद अन्त्य नभएसम्म आफूहरुको सङ्घर्ष अन्त्य नहुने जनाएको छ ।
  • सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सन् १९९७ जुलाई १ अघि सेवा निवृत्त गोरखा भूतपूर्वसैनिकमाथिको तलब, निवृत्तिभरण र अन्य सुविधा बेलायती सैनिकलाई सरह बराबरी नदिएको गुनासो गरेको हो ।
  • सङ्घका अध्यक्ष कृष्णकुमार राईले हालै बेलायती रक्षा राज्यमन्त्रीको नेपाल भ्रमणपछि गोरखा भूपूसैनिकका लागि गरेको प्याकेज घोषणाबाट आफूहरु सन्तुष्ट नभएको बताउँदै सबैखालका सेवासुविधा बेलायती सैनिकसरह उपलब्ध हुनुपर्ने माग गर्नुभयो ।

गोरखा भूतपूर्व सैनिक सङ्घले बेलायती सेना र गोरखा भूपू सैनिकबीच हुँदै आएको विभेद अन्त्य नभएसम्म आफूहरुको सङ्घर्ष अन्त्य नहुने जनाएको छ । सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सन् १९९७ जुलाई १ अघि सेवा निवृत्त गोरखा भूतपूर्वसैनिकमाथिको तलब, निवृत्तिभरण र अन्य सुविधा बेलायती सैनिकलाई सरह बराबरी नदिएको गुनासो गरेको हो ।

सङ्घका अध्यक्ष कृष्णकुमार राईले हालै बेलायती रक्षा राज्यमन्त्रीको नेपाल भ्रमणपछि गोरखा भूपूसैनिकका लागि गरेको प्याकेज घोषणाबाट आफूहरु सन्तुष्ट नभएको बताउँदै सबैखालका सेवासुविधा बेलायती सैनिकसरह उपलब्ध हुनुपर्ने माग गर्नुभयो । उहाँले गोरा सेना र गोरखा सैनिकबीच पेन्सनमा मात्रै २९५ प्रतिशत विभेद रहेको बताउँदै यसको समस्या समाधानका लागि नेपाल सरकार र बेलायत सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

सङ्घका उपसभापति मणि किराँत वान्तवाले पेन्सनको माग मात्र पूरा गरे पनि आफूहरुको मागको ९५ प्रतिशत माग सम्बोधन भएको ठहरिने बताउँदै बेलायत सरकारले विभेद नहटाएसम्म आफूहरुको आन्दोलन स्थगित नहने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य राजेन्द्र राईले गोरखा भूतपूर्वसैनिकको समस्या समाधानका लागि सहयोग गर्न सांसदले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बताउनुभयो ।

अवकाश प्राप्त पूर्वगोरखा सैनिक डा चन्द्र लक्सवाले गोरखा सैनिकबीचको सेवासुविधामा विभेदविरुद्ध आफूहरुले लामो समयदेखि आन्दोलन गर्दै आएको बताउँदै यसलाई सम्बोधन भएन भने आफूहरुले थप आन्दोलन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा
चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि
चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि
उम्मेदवारका छोराले गरे काठमाडौका मेयरमाथि हातपात (भिडियो सहित)
उम्मेदवारका छोराले गरे काठमाडौका मेयरमाथि हातपात (भिडियो सहित)
हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छःमुख्यमन्त्री
हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छःमुख्यमन्त्री
सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार
सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार
ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ
ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
पुरुषको यी अंगहरु देखेर दिवाना हुन्छन स्त्रीहरु
पुरुषको यी अंगहरु देखेर दिवाना हुन्छन स्त्रीहरु
एक्सनएड इन्टरनेशनल नेपालको रक्तदान कार्यक्रम
एक्सनएड इन्टरनेशनल नेपालको रक्तदान कार्यक्रम

तपाईंले छुटाउनुभयो कि?