चट्याङ लागेर एकको मृत्यु, १० घाइते

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
४९ पटक हेरिएको
Shares
चट्याङ लागेर एकको मृत्यु, १० घाइते

सारांश

  • पाँचथर, ५ फागुन , शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।
  • दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो ।
  • चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् ।

पाँचथर, ५ फागुन , शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।

दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश गरिएको छ ।

पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा दाजुको घटनास्थलमै ज्यान गएको र भाइ घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । यस्तै शनिबारै परेको चट्याङ लागेर जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राबुङमा पनि आठ घाइते भएका छन् ।

स्थानीय फौदमान तामाङको घरमा चट्याङ पर्दा घरमा बसिरहेको मानिस घाइते भएका हुन् । उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही समयमा जिल्ला पाँचथर फिदिम नगरपालिका– ५ सरसिउला बस्ने १८ वर्षीय दीपक सिवा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ परी त्यसको झटकाले शरीरको विभिन्न भागमा चोट लागि जिल्ला अस्पताल पाँचथरमा उपचारपश्चात घर फर्किएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षकै सर्वाधिक वर्षा, बाँके डुुबानमा
वर्षकै सर्वाधिक वर्षा, बाँके डुुबानमा
अबदेखि विदेशीले कामदार माग्दा नेपाली नियोगबाट प्रमाणित गराउनुपर्ने
अबदेखि विदेशीले कामदार माग्दा नेपाली नियोगबाट प्रमाणित गराउनुपर्ने
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
सहकारीमा ठग्नेलाई ‘कडा सजाय’को प्रस्ताव
सहकारीमा ठग्नेलाई ‘कडा सजाय’को प्रस्ताव
कांग्रेसमाथि खनियो विवेकशील साझा
कांग्रेसमाथि खनियो विवेकशील साझा
चिसो पानीले नुहाउँदा हुन्छन् यी ६फाइदा
चिसो पानीले नुहाउँदा हुन्छन् यी ६फाइदा
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,

तपाईंले छुटाउनुभयो कि?