चुनाव सारे देउवाले असक्षमताको अर्को तक्मा पाउँछन्ः एमाले ,,

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ३१, २०७४
|
|
३९ पटक हेरिएको
Shares
चुनाव सारे देउवाले असक्षमताको अर्को तक्मा पाउँछन्ः एमाले ,,

सारांश

  • ३१ जेठ, काठमाडौं ।
  • प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्रिय जनता पार्टीको स्थानीय तहको संख्या बृद्धि र संविधान संशोधनको माग चुनाव अघि पूरा गर्न नसकिने बताएको छ ।
  • साथै उसले असार १४ का लागि निर्धारित दोस्रो चरणको चुनाव कुनै हालतमा सार्न नहुने बताएको छ ।

३१ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्रिय जनता पार्टीको स्थानीय तहको संख्या बृद्धि र संविधान संशोधनको माग चुनाव अघि पूरा गर्न नसकिने बताएको छ । साथै उसले असार १४ का लागि निर्धारित दोस्रो चरणको चुनाव कुनै हालतमा सार्न नहुने बताएको छ ।

एमाले स्थायी कमिटीको बुधबार बसेको बैठकमा राजपाका मागबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एमालेले घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, जघन्य अवराधमा संलग्न नभएका तथा निर्दोषमाथि लागेको मुद्दा फिर्ता लिन सकिने बताएको छ ।

तर, पहिलो चरणको चुनाव भइसकेको र दोस्रो चरणको चुनावको उम्मेदवारीको पूर्वसंध्यामा स्थानीय तहको संख्या बढाउन नसकिने बताएको छ । एमाले सचिव योगेश भट्टराईले भने, ‘भोलि चुनावपछि आवश्यकता र औचित्यका आधारमा आयोग बनाएर देशब्यापी अध्ययन गर्न सकिन्छ ।’

प्रमुख विपक्षी एमालेले चुनाव र संविधान संशोधनको कुनै सम्वन्ध नभएको भन्दै एमालेले संशोधनलाई अघि सारेर चुनाव नरोक्न माग समेत गरेको छ ।

प्रधानमन्त्री स्वयंम र उनको दल कांग्रेसबाट सार्जवनिक धारणाले असार १४ को चुनाव गर्न चाहँदैन कि भन्ने आशंका जन्माएको एमालेले बताएको छ । १,२, ५ र ७ नम्बर प्रदेशमा असार १४ मै चुनाव हुनु पर्ने भन्दै एमालेले राजपालाई पनि चुनावमा आउन आउन आहृवान गरेको छ ।

साथै उम्मेदवारको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा र रक्षा गर्ने र जनताले मताधिकार प्रयोग गर्ने सहज वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

चुनाव सार्नु पर्ने प्रस्तावमा एमालेको सहमति नहुने भन्दै सचिव योगेश भट्टराईले भने, ‘प्रधानमन्त्रीमाथि इतिहासबाट असक्षमताको प्रश्न लाग्दै आएको छ । यदि यो चुनाव तलमाथि भयो भने असक्षमताको अर्को तक्मा पाउनुहुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु १३ घाइते
चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु १३ घाइते
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
जसले बलात्कार संस्कृतिलाई जगेर्ना गरेका छन्
जसले बलात्कार संस्कृतिलाई जगेर्ना गरेका छन्
अब गफको भरमा मात्र देश बिकाश हुँदैन: मन्त्री दुलाल
अब गफको भरमा मात्र देश बिकाश हुँदैन: मन्त्री दुलाल
माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन
माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
गुण र दोष केलाइदिन उपप्रधानमन्त्री पोखरेलको आग्रह
गुण र दोष केलाइदिन उपप्रधानमन्त्री पोखरेलको आग्रह
शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी
शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी
सरकारी  निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
सरकारी निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै