गाउँमा विद्युत् विस्तार

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १, २०७६
|
|
४४ पटक हेरिएको
Shares
गाउँमा विद्युत् विस्तार

सारांश

  • हालसम्म पनि विद्युतीकरण नपुगेको तनहुँको व्यास नगरपालिका–१३ स्थित सुढेगाउँमा पहिलोपटक बिजुली बलेको छ ।
  • नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युत् कार्यक्रमअन्तर्गत सुढेको १३ घरधुरीमा बिजुली बलेको हो ।
  • बिजुली नपुगेका घरधुरीमा विद्युत् सेवा पु¥याइएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो ।

हालसम्म पनि विद्युतीकरण नपुगेको तनहुँको व्यास नगरपालिका–१३ स्थित सुढेगाउँमा पहिलोपटक बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युत् कार्यक्रमअन्तर्गत सुढेको १३ घरधुरीमा बिजुली बलेको हो ।बिजुली नपुगेका घरधुरीमा विद्युत् सेवा पु¥याइएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । गोशलीका अनुसार १५ केभीएको तारमार्फत विद्युत् विस्तार गरिएको छ । उहाँले भन्नुभयो, “अहिलेसम्म अन्धकारमा रहेको सुढेमा विद्युत् विस्तारका लागि रु १५ लाख लगानी भएको छ ।”

व्यास नगरपालिका–१४ को नाल्दीघाटमा मात्रै अब विद्युत् विस्तार गर्न बाँकी छ । गोशलीका अनुसार नाल्दीघाटको २५ घरधुरीमा आगामी आर्थिक वर्षमा विद्युत् विस्तार हुनेछ । उहाँले भन्नुभयो, “सुढेबाट छ किमी टाढा रहेको गाउँमा विद्युत् विस्तारका लागि पहल भइरहेको छ । आगामी वर्षसम्म उक्त गाउँमा बिजुली बल्नेछ ।” पहिलोपटक बिजुली बल्दा सुढेका स्थानीयवासीमा खुशीयाली छाएको छ ।

तनहुँका १५ प्रतिशत घरधुरीका स्थानीयवासी अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । रिसिङ गाउँपालिका–२ दुवुङको १२०, खाल्टुभञ्ज्याङको १२०, रिसिङ गाउँपालिका–४ गुम्लेकको ६० घरधुरीमा चालू आर्थिक वर्षभित्रै विद्युत् पु¥याउने लक्ष्य छ । विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण भइरहेको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरी लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइनेछ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइने केन्द्रले जनाएको छ ।

त्यसैगरी बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका–५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिंमार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिनुभयो । विद्युतीकरणका लागि घिरिङ र खैरेनीटारमा आठ÷आठ एमबिएको सवस्टेशन निर्माणाधीन अवस्थामा रहेको छ । सोही सवस्टेशनबाट त्यस भेगका ग्रामीण क्षेत्रमा विद्युत् पु¥याइनेछ ।केन्द्रले दुई वर्षभित्र सबै काठेपोल विस्थापन गर्ने अभियानलाई तीव्रता दिएको छ भने भोल्टेज नपुगेको, बस्ती विस्तार भएका ठाउँमा ट्रान्सफर्मर थप गरिरहेको छ । जसअनुसार बन्दीपुर गाउँपालिकामा चार ठाउँमा, भानु नगरपालिकामा चार ठाउँमा, व्यास नगरपालिकामा सात ठाउँमा र म्याग्दे गाउँपालिकामा नयाँ ट्रान्सफर्मर थप गरिएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
सूचनाको हक सामाजिक न्यायको एजेण्डा
सूचनाको हक सामाजिक न्यायको एजेण्डा
एउटै इन्जिनका भरमा उड्छन् जहाज
गाउँपालिकाका अध्यक्षले चिनियाँ महिला संग मिलेर यसरी गरे सुन तस्करी
गाउँपालिकाका अध्यक्षले चिनियाँ महिला संग मिलेर यसरी गरे सुन तस्करी
छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने
छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने
अनेरास्ववियुद्धारा भोली दाङ्ग बन्द !!! माओबादी भन्छ बन्द, हड्तालमा जाने कार्यकर्तालाइ कारबाही गरिने….
अनेरास्ववियुद्धारा भोली दाङ्ग बन्द !!! माओबादी भन्छ बन्द, हड्तालमा जाने कार्यकर्तालाइ कारबाही गरिने….
बस्तीस्तरबाट योजना छनोट गर्दै स्थानीय तह
बस्तीस्तरबाट योजना छनोट गर्दै स्थानीय तह
अफगानिस्तानको आक्रमणमा परी ९ नेपाली घाइते, ६ जनाको अवस्था गम्भीर
अफगानिस्तानको आक्रमणमा परी ९ नेपाली घाइते, ६ जनाको अवस्था गम्भीर
चीनले   भारतलाई युद्धका लागि तयार रहन भनेपछि  भारत ससंकित ,बढ्दै युद्दको खतरा.
चीनले भारतलाई युद्धका लागि तयार रहन भनेपछि भारत ससंकित ,बढ्दै युद्दको खतरा.
कामपाले ग-यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण
कामपाले ग-यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण

तपाईंले छुटाउनुभयो कि?