आठ महिनामै मन्त्री परिवर्तन

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २३, २०७९
|
|
५० पटक हेरिएको
Shares
आठ महिनामै मन्त्री परिवर्तन

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ ।
  • पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको हो ।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको हो ।

आठ महिनाअघि नै पार्टीले मन्त्री बनाउने क्रममा धेरै नेता मन्त्रीको आकांक्षी भएपछि पालैपालो मन्त्री बनाउने आन्तरिक सहमति भएको थियो । सोही सहमतिअनुसार मन्त्री परिवर्तन गर्न लागिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

 

सोहीअनुसार पार्टीले सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको काठमाडौंस्थित आलोकनगर पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ नामावली सिफारिस गर्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनअघि नै मन्त्रीलाई फिर्ता बोलाउने सहमति भए पनि निर्वाचनपछि बोलाउनुपर्ने सुझाव आएको थियो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रीलाई फिर्ता बोलाउँदा नराम्रो सन्देश जाने भएकाले केही समयका लागि रोकिएको थियो ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय भएको बताए । नयाँ मन्त्रीको सिफारिस गर्ने अधिकार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको छ ।

एकीकृत समाजवादी स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई पार्टीले आइतबार नै मन्त्री हुनेको नामावली बुझाइएको छ । उनीहरूलाई आज शपथ गराउने तयारीमा सरकार रहेको छ ।

एकीकृत समाजवादीका एक सचिवालय सदस्यका अनुसार जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय भएको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको छ ।

एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्यमन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठ किसानलाई फिर्ता बोलाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेशका मन्त्रालयको कार्य सञ्चालनमा समस्या
कर्णाली प्रदेशका मन्त्रालयको कार्य सञ्चालनमा समस्या
एमसीसी प्रस्ताव पार्टीमा विफल भए प्रचण्डले राजीनामा दिने
एमसीसी प्रस्ताव पार्टीमा विफल भए प्रचण्डले राजीनामा दिने
धर्मशाला निर्माणका लागि रु तीन करोड चन्दा सङ्कलन
धर्मशाला निर्माणका लागि रु तीन करोड चन्दा सङ्कलन
अनशनपछि राैतहट पुगे डा‍क्टर केसी
अनशनपछि राैतहट पुगे डा‍क्टर केसी
भदौ १४ देखि  सुरू हुने विमस्टेक शिखर सम्मेलनकाे तयारी तीव्र
भदौ १४ देखि सुरू हुने विमस्टेक शिखर सम्मेलनकाे तयारी तीव्र
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियान
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियान
मधेस प्रदेशसभा : संविधानप्रदत्त अधिकारका लागि सङ्कल्प प्रस्ताव
मधेस प्रदेशसभा : संविधानप्रदत्त अधिकारका लागि सङ्कल्प प्रस्ताव
मइ दिवसका अवसरमा-समाजवादी अर्थतन्त्रको विकासका लागि अग्रदस्ता बन्न प्रचण्डको अपिल
प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा
प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा

तपाईंले छुटाउनुभयो कि?