देशभर बाढी, पहिरो र चट्याङले १२ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ १२, २०८१
|
|
४९ पटक हेरिएको
Shares
देशभर बाढी, पहिरो र चट्याङले १२ जनाको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • मनसुन सक्रिय भएसँगै देशभर विपद् जन्य घटना भइरहेका छन्।
  • मंगलबार बिहानदेखि बुधबार दिउँसोसम्म देशका विभिन्न स्थानमा बाढी, पहिरो र चट्यांङका घटनाबाट एक दर्जन व्यक्तिको ज्यान गएको छ।

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर विपद् जन्य घटना भइरहेका छन्। मंगलबार बिहानदेखि बुधबार दिउँसोसम्म देशका विभिन्न स्थानमा बाढी, पहिरो र चट्यांङका घटनाबाट एक दर्जन व्यक्तिको ज्यान गएको छ।

विपदका घटनामा उद्धार र खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्। नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४५ वटा विपदका घटना भएका छन्।

विपदबाट देशभर १२ जनाको मृत्यु भएको छ। ९ जना घाइते र ६ जना बेपत्ता छन्। विभिन्‍न ठाउँमा भएको यो घटनामा बेपत्ताको खोजी कार्य जारी छ। देशभर आगलागीका चार वटा घटना भएका छन्। यसबाट मानवीय क्षति भएको छैन। एउटा घरमा भने क्षति पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १८ ठाउँमा पहिरो गएको छ। पहिरोबाट मात्रै चार जनाले ज्यान गुमाएका छन्। तीन जना घाइते र चार जना बेपत्ता छन्।

लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ बगुमका रुद्रमान गुरुङको मृत्यु भएको हो।

बुधबार बिहान नै कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानीमा पहिरोले घर नै बगाएको छ। घर बगाउँदा १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको हो।

पोखरा महानगरपालिका वडा नम्बर २७ आरूपाटामा पनि पहिरोले घर भत्काउँदा ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको हो। पहिरोले विभिन्न ठाउँका ६ वटा घर र एउटा गोठमा क्षति पुगेको छ। पहिरोमै परी ९ वटा चौपाय समेत मरेका छन्।

त्यसैगरी चट्याङले पनि मानवीय क्षति पुर्‍याएको छ। देशभर चट्याङका १४ वटा घटना भएको प्रहरीको भनाइ छ। चट्याङकै कारण ७ जनाको मृत्‍यु भएको छ। ५ जना मानिस घाइते भएका छन् भने ५ वटा चौपाया मरेका छन्।

कैलालीमा बुधबार बिहान खेतमा काम गरिरहँदा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरीका ३२ वर्षीय जयराम डंगौराको मृत्यु भएको हो।

साथै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का २७ वर्षीय सालीन चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको थियो। मंगलबार नै झापामा पनि चट्याङ लागेर दुई जनाले ज्यान गुमाएका थिए।

त्यस्तै भारी वर्षापछि आएको बाढीका कारण विभिन्न बस्ती जलमग्न भएको छ। बाढीले एक जनाको मृत्यु र दुई जना बेपत्ता छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लक्ष्मी आचार्यको आयो तीज गीत ‘फुंगालेर माइती देश’
लक्ष्मी आचार्यको आयो तीज गीत ‘फुंगालेर माइती देश’
कमल थापाले घण्ट बजाँउदै भने ‘नेपाललाई हिन्दु राष्ट्र बनाउछौँ’
कमल थापाले घण्ट बजाँउदै भने ‘नेपाललाई हिन्दु राष्ट्र बनाउछौँ’
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी
जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी
वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा
वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह
संसदीय समितिद्वारा काठमाडौंका बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहतको व्यवस्था मिलाइ दिन पीडितको आग्रह

तपाईंले छुटाउनुभयो कि?