जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
४१ पटक हेरिएको
Shares
जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

रुकुम : पूर्वगृहमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पटक आफैंलाई मतदान गरेका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि ‘क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् ।

शर्मा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

त्यस बखत उनले मतदान गर्ने मतदान केन्द्र उनको निर्वाचन क्षेत्रमा नपर्ने भएकाले अर्कैलाई मतदान गरेका थिए। यस पटक भने शर्माको मतदान केन्द्र उनकै निर्वाचन क्षेत्रमा परेको छ । शर्माले मतदान गरेको केन्द्रमा १२५५ जना मतदाता रहेका छन्

शर्मा यो जिल्लाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?