प्रधानमन्त्री ओली झापा आगमन

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
४६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली झापा आगमन

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आउनुभएको छ ।
  • भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं।
  • १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आउनुभएको छ । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं। १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनुभएको छ । प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि सहभागी हुनुहुन्छ ।
झापामा रहनुहुँदा प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलकोे उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्नुहुने बताइएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम पनि रहेको छ ।

(https://mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्युठानका यी वालक कपिलवस्तुको होटलमा
प्युठानका यी वालक कपिलवस्तुको होटलमा
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
भारतीय प्रम मोदीको भ्रमण, नेपालको लागि डरलाग्दो संकेत नबनोस् !
भारतीय प्रम मोदीको भ्रमण, नेपालको लागि डरलाग्दो संकेत नबनोस् !
उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व
उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
स्वास्थ्य मापदण्ड पुरा नगर्ने सवारी साधनलाई कारवाही
स्वास्थ्य मापदण्ड पुरा नगर्ने सवारी साधनलाई कारवाही

तपाईंले छुटाउनुभयो कि?