काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
५३ पटक हेरिएको
Shares
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार

सारांश

  • काठमाडौँ, २७ फागुन : काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ ।
  • कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन् ।
  • यही फागुन ४ र १९ गते गरिएको अनुगमनको क्रममा १४ वर्ष मुनिका बालकलाई मजदूर (कामदार) को रुपमा प्रयोग गरिएको पाइएको हो ।

काठमाडौँ, २७ फागुन : काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन् ।

यही फागुन ४ र १९ गते गरिएको अनुगमनको क्रममा १४ वर्ष मुनिका बालकलाई मजदूर (कामदार) को रुपमा प्रयोग गरिएको पाइएको हो । मकवानपुर, दाङ र प्यूठानका ती बालकलाई उद्धार गरी बाल उद्धार नेपालको स्थानीय साझेदारी संस्था ईस्थर वेन्जामिन स्मृति फाउण्डेसनको अल्पकालीन स्याहार केन्द्रमा पठाइएको छ ।

बाल उद्धार नेपालका प्रमुख जमुना श्रेष्ठ भट्टराईले ती बालकको परिवारमा सम्र्पक गरी बालकलाई आधिकारिक रुपमा हस्तान्तरण गरिने जानकारी दिए । बालबालिकाको अधिकार, संरक्षण र शिक्षाको क्षेत्रमा क्रियाशील हुँदै आएको उक्त संस्थाले करिब २० वर्षदेखि नेपालको बालबालिकामाथि हुने श्रम शोषणका समाचार तथा सूचनाका आधारमा उनीहरुको उद्धार गर्दै आएको छ । संस्थाले सरकारी कार्यालयका साथै विभिन्न बाल अधिकार संरक्षणका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी, स्थानीय, सरोकार निकायसँग समन्वय गरी उद्धार, स्याहार तथा जनचेतनाको कार्य गर्दै आएको प्रमुख भट्टराईले जानकारी दिए ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
आरडिटी पोजेटिभको मृत्यु स् कोरोना सङ्क्रमणको आशङ्का
आरडिटी पोजेटिभको मृत्यु स् कोरोना सङ्क्रमणको आशङ्का
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !
उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
दोलखाको जिरी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी,,
दोलखाको जिरी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी,,
हेटौँडाको लक्ष्मीनारायण मन्दिरका सिसमहलमा धार्मिक पर्यटकको आकर्षण
हेटौँडाको लक्ष्मीनारायण मन्दिरका सिसमहलमा धार्मिक पर्यटकको आकर्षण
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
भद्रकाली मन्दिर पुनर्निर्माण तीव्र, ३४ करोडभन्दा बढी लगानी
भद्रकाली मन्दिर पुनर्निर्माण तीव्र, ३४ करोडभन्दा बढी लगानी
बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद
बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद

तपाईंले छुटाउनुभयो कि?