कोरला नाकामा नेपालतर्फ काम नै भएन

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २०, २०७७
|
|
५४ पटक हेरिएको
Shares
कोरला नाकामा नेपालतर्फ काम नै भएन

सारांश

  • नेपाल सरकारले चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङस्थित कोरला नाकाको भौतिक संरचनाको काम गत वैशाखदेखि अघि बढाउने बताए पनि अझै शुरू भएको छैन ।
  • गत फागुनमा अर्थ मन्त्रालयका तत्कालीन महानिर्देशक तोयम रायाले २०७७ वैशाखपछि कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण शुरू हुने बताएका थिए ।
  • कोरला नाकामा चीनले आफ्नोतर्फ सम्पूर्ण भौतिक संरचना तयार पारेको छ भने नेपालतर्फ अहिलेसम्म भौतिक पूर्वाधार निर्माणको कुनै सुरसार छैन ।

नेपाल सरकारले चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङस्थित कोरला नाकाको भौतिक संरचनाको काम गत वैशाखदेखि अघि बढाउने बताए पनि अझै शुरू भएको छैन । गत फागुनमा अर्थ मन्त्रालयका तत्कालीन महानिर्देशक तोयम रायाले २०७७ वैशाखपछि कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण शुरू हुने बताएका थिए ।

कोरला नाकामा चीनले आफ्नोतर्फ सम्पूर्ण भौतिक संरचना तयार पारेको छ भने नेपालतर्फ अहिलेसम्म भौतिक पूर्वाधार निर्माणको कुनै सुरसार छैन । नेपालले नाकामा आवश्यक सुरक्षा व्यवस्थाका साथै भन्सार, क्वारेन्टाइन लगायत एकीकृत संरचना विकास गर्ने बताइए पनि अहिलेसम्म काम अघि नबढ्दा सरकारको यो योजना अलपत्र परेको छ । छोटो दूरीमा पर्ने भएकाले कोरला नाका गण्डकी र छिमेकी प्रदेशका लागि सबैभन्दा उपयुक्त हुने देखिएको छ ।

उपल्लो मुस्ताङको भूगोललाई राम्रोसँग बुझेका लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले यस क्षेत्रका लागि तातोपानी नाकाभन्दा कोरला नाका सहज हुने बताए । कोरला नाका सञ्चालन भए गण्डकी र लुम्बिनी प्रदेशमा चिनियाँ सामान सस्तो र सुलभ हुने उनको भनाइ छ । व्यापारिक प्रयोजनका लागि मात्रै नभएको कोरला नाका सञ्चालनपछि पर्यटन व्यवसायमा पनि उल्लेख्य फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ र दामोदरकुण्ड मुस्ताङमै पर्ने हुँदा नाका खोलेपछि यहाँ चिनियाँ पर्यटक र तीर्थयात्री पनि बढ्ने अनुमान छ । त्यसैगरी सोही नाका हुँदै भारतीय तीर्थयात्री चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर पुग्ने भएकाले भारतीय धार्मिक पर्यटकको आगमन बढ्ने मुस्ताङवासीको विश्वास छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीमा जान्छु भनि घरबाट निस्केका देउजा मृत भेटिए
पार्टीमा जान्छु भनि घरबाट निस्केका देउजा मृत भेटिए
सामाजिक सञ्जालको नियमन गर्ने १९ प्रकारका प्रतिबन्ध यस्ता छन्
सामाजिक सञ्जालको नियमन गर्ने १९ प्रकारका प्रतिबन्ध यस्ता छन्
संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित
संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित
दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ
दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ
ओलीविरोधी मोर्चा एकढिक्का, तोड्न यी अस्त्रको प्रयोग
ओलीविरोधी मोर्चा एकढिक्का, तोड्न यी अस्त्रको प्रयोग
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने,  पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो
काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा  ;
काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा ;
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
को को आउँदैछन् सातै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ? ७ नम्बर पहिलो
पहिलो प्रधानमन्त्री हुँदा गरिएका ओलीका निर्णय कहाँ पुगे?
पहिलो प्रधानमन्त्री हुँदा गरिएका ओलीका निर्णय कहाँ पुगे?

तपाईंले छुटाउनुभयो कि?