जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २२, २०८०
|
|
३२ पटक हेरिएको
Shares
जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै

सारांश

  • टाेकियाे।
  • जापानले चाँडै आफ्नो निष्क्रिय आणविक प्लान्टबाट प्रशान्त महासागरमा प्रशोधित रेडियोधर्मी पानी छोड्न गइरहेको छ।
  • यसका लागि संयुक्त राष्ट्रसंघको न्यूक्लियर वाचडगबाट पनि स्वीकृति लिइसकेको छ।

टाेकियाे। जापानले चाँडै आफ्नो निष्क्रिय आणविक प्लान्टबाट प्रशान्त महासागरमा प्रशोधित रेडियोधर्मी पानी छोड्न गइरहेको छ।

यसका लागि संयुक्त राष्ट्रसंघको न्यूक्लियर वाचडगबाट पनि स्वीकृति लिइसकेको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसी मंगलबार जापान आइपुगेका छन्। उनकाे उपस्थीतिमा साे पानी महासागरमा छाडिनेछ।

यहाँ उनले प्रधानमन्त्री फुमियो किशिदालाई भेटेर सुरक्षा समीक्षा गरे। आईएईएले रेडियोधर्मी पानी छोड्ने जापानको योजना सुरक्षा मापदण्ड अनुसार सही रहेको बताएका छन् । तर, जापान, दक्षिण काेरिया र चीनलगायत धेरै देशमा तटीय क्षेत्रमा बसोबास गर्ने मानिसले यसको विरोध गरिरहेका छन्।

जापानको माछा मार्ने उद्योग र नागरिक समाज समूहहरूले पनि प्रशान्त महासागरमा १३२० मिलियन लिटर पानी छोड्ने बारे चिन्ता व्यक्त गरेका छन्। वास्तवमा सन् २०११ मार्चमा आएको सुनामीका कारण फुकुसिमाको आणविक केन्द्रको चिसो र बिजुली प्रणाली ठप्प भएको थियो। गर्मीका कारण त्यहाँ रहेका तीनवटा रिएक्टरको कोर पग्लिएको थियो, जसका कारण ठूलो मात्रामा विकिरण फैलिएको थियो।

अल जजिराका अनुसार परमाणु संयन्त्रबाट पानी छोड्ने योजना २०२१ मा घोषणा गरिएको थियो। अबको २ वर्षमा यो काम सुरु हुने भनिएको थियो। जापानको नियामक निकायले ३० जुनमा नै निरीक्षण पूरा गरेको थियो। संयुक्त राष्ट्रसंघको छानबिन पछि प्लान्टको हेरचाह गर्ने कम्पनी टेप्कोले एक साताभित्र पानी छोड्न स्वीकृति पाउन सक्नेछ।

यस पछि तिनीहरूले कुनै पनि समयमा पानी छोड्न सुरु गर्न सक्छन्। तर, यसका लागि कुनै मिति घोषणा गरिएको छैन। पानीलाई समुन्द्रमा फ्याँक्न धेरै दशक लाग्ने छ। यसलाई १ किलोमिटर पाइपबाट निकालिने छ।

यो आणविक प्लान्टको मर्मत सम्भार गर्ने कम्पनी टोकियो इलेक्ट्रिक पावर (टेप्को) ले प्लान्टमा रहेको पानीलाई प्रशोधन गरेर एक हजार ट्याङ्कीमा भण्डारण गरिएको बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?