डा उपेन्द्र देवकोटाले जब ‘आइएम ह्याप्पी’ भने !

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २६, २०७५
|
१
|
५० पटक हेरिएको
Shares
डा उपेन्द्र देवकोटाले जब ‘आइएम ह्याप्पी’ भने !

सारांश

  • काठमाडौँ,  २६ जेठ ।
  •  वरिष्ठ न्युरो सर्जन प्राडा उपेन्द्र देवकोटालाइ मानार्थ अध्यक्षले सम्मान गरिएकाे छ ।
  • नेप्लिज न्युरो सर्जन सोसाइटीले प्राडा देवकोटालाई  मानार्थ अध्यक्ष उपाधिबाट सम्मान गरेको हाे  ।

काठमाडौँ,  २६ जेठ । वरिष्ठ न्युरो सर्जन प्राडा उपेन्द्र देवकोटालाइ मानार्थ अध्यक्षले सम्मान गरिएकाे छ ।

नेप्लिज न्युरो सर्जन सोसाइटीले प्राडा देवकोटालाई  मानार्थ अध्यक्ष उपाधिबाट सम्मान गरेको हाे  ।

नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्षआइसियुमा उपचारत डा देवकोटालाई  अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो ।

सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको जानकारी दिए ।

“हामी निकै अघिदेखि उहाँलाई भेटेर उपाधि दिन प्रयासरत थियौँ, तर उहाँको स्वास्थ्यमा उतारचडाव भइरहेको थियो, उपयुक्त समयको पर्खाइमा थियौँ, आज स्वास्थ्यमा सुधार भएपछि अस्पतालमै गएर उहाँलाई मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान ग¥यौँ,  उहाँ अहिले सामान्य अक्सिजनमा हुनुहुन्छ ।” शर्माले भने ।

उपाधि ग्रहण गर्दै डा देवकोटाले ‘बेस्ट अप लक नेप्लिज न्युरो सर्जन सोसाइटी आइएम ह्याप्पी’ भनेर मुस्कुराउँदै प्रतिक्रिया दिनुभएको अध्यक्ष शर्माले जानकारी दिए।

“हामीले सामान्य दोहोरो कुराकानी ग¥यौँ, उपचार भइरहेको समयमा फैलिएको दुःखद् समाचारमा परिवारमा आहत पु¥याएको छ, यति निर्दयी भएर समाचारमा दिन हतार नगर्दा हुन्थ्यो, परिवारको भावनाको कदर गर्नुहुन अनुरोध छ,” उनले भने ।

सोसाइटीका उपाध्यक्ष डा कृष्ण शर्मा, सचिव डा प्रवीण श्रेष्ठ, डा गोपाल सेढाईंलगायतका न्युरो सर्जनसहितको टोली उपाधि हस्तान्तरण गर्न अस्पताल पुगेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Janak Raj

    Good job !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?